पालुङटार नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले नगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु संग कार्यसम्पादन सम्झौता गरेको छ। प्रधानाध्यापकहरु र वडाध्यक्षहरुको संयुक्त भेला आयोजना गरी उक्त सम्झौता गरिएको हो। कार्यक्रममा नगर प्रमुख विवस चिन्तन र प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीको विशेष उपस्थिति रहेको थियो। शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पूर्ण बहादुर नेपालीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा शाखाका स्रोत शिक्षक सन्तोष पाण्डेले कार्यसम्पादनका सर्तहरु र मापदण्डका सूचकहरुको प्रस्तुतिकरण गर्नु भएको थियो।कार्यसम्पादन सम्झौतामा ११ ओटा सर्तहरु र ९ ओटा मापदण्डका सूचकहरु रहेका छन्। कार्यसम्पादन सम्झौताको आधारमा नगरपालिकाले माध्यमिक तहमा कार्यरत प्रधानाध्यापकहरुलाई मासिक रु ३,०००/-, निम्नमाध्यमिक तहका प्रधानाध्यापकहरुलाई मासिक रु २,०००/- र प्राथमिक तहका प्रधानाध्यापकहरुलाई मासिक रु १,५००/- प्रोत्साहन भत्ता उपलब्ध गराउनेछ।उक्त कार्यक्रममा आफ्नो भनाई राख्दै नगर प्रमुख विवस चिन्तनले कार्यसम्पादन सम्झौताको मापदण्ड मूल्याङकनमा ९० भन्दा माथि अङ्क प्राप्त गर्ने प्रधानाध्यापक कार्यरत विद्यालयलाई पालिकाले नमूना विद्यालय घोषणा गर्ने वताउनुभयो।
थप समाचार
-
माता पिताको सम्झनामा १ लाख १५ हजार ५५५ को अक्षय कोष निर्माण
गोर्खा संसारSeptember 5, 2025व्यास नगरपालिका वडा नं -१३, बेलबास स्थायी बसोबास गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको तनहुँका संयोजक एवं क्याम्पस सञ्चालक समितिका पूर्व सदस्य विश्वनाथ वास्तोला र उहाँका भाइ लेखनाथ बा... -
एमाले पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना, ज्ञापनपत्र बुझाइयो
गाेर्खा संसारAugust 28, 2025काठमाडौं, १२ भदौ । नेपाल शिक्षक महासंघले आज ललितपुरको च्यासलस्थित नेकपा (एमाले) केन्द्रीय कार्यालयमा दुई घण्टा धर्ना दिएको छ । धर्नापछि महासंघको टोलीले पार्टीका महासचिव शंकर पो... -
कांग्रेस कार्यालयमा शिक्षक महासंघको धर्ना
गाेर्खा संसारAugust 27, 2025काठमाडौं, ११ भदौ – नेपाल शिक्षक महासंघले आफ्नो आन्दोलनको पहिलो चरणअन्तर्गत आज सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । धर्ना दिँदै महासंघले ध्यानाकर्षण प... -
विद्यालय शिक्षा विधेयक : सांसदलाई दुई दिन अध्ययन समय, ५ भदौमा प्रतिवेदन पास हुने
गाेर्खा संसारAugust 18, 2025काठमाडौं, २ भदौ । विद्यालय शिक्षा विधेयकसम्बन्धी प्रतिवेदन अध्ययनका लागि शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सदस्यलाई दुई दिन समय दिइएको छ । सोमबार बसेको समितिको बैठकमा उपसमितिले... -
त्रिविले माग्यो सुरक्षा, कार्यालयमा काम गर्न सहज वातावरण बनाउने आग्रह
गाेर्खा संसारAugust 12, 2025विद्यार्थी संगठनको तोडफोडपछि त्रिविको सुरक्षा गुहार, सरकारलाई सुरक्षित कार्य वातावरण बनाउन आग्रह काठमाडौं, २७ साउन । विद्यार्थी संगठनको तोडफोड र धम्कीका घटनापछि त्रिभुवन विश्वविद्... -
त्रिविमा बिदा दुरुपयोगको कडाइ : ५ प्राध्यापकबाट १.६७ करोड असुल
गाेर्खा संसारAugust 6, 2025काठमाडौं, २१ साउन । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदाको दुरुपयोग गर्ने प्राध्यापक तथा कर्मचारीहरूलाई दिएको अल्टिमेटमपछि रकम फिर्ता हुने क्रम सुरु भएको छ । हालसम्म ५ जनाबाट मात्र...