Gorkha Sansar

सामुदायिक सिकाई केन्द्रद्वारा भाषण कला सम्बन्धी तीन दिने तालिमको सुरुवात

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा ३ दिने उद्घोषण तथा भाषण कला सम्बन्धी तालिमको सुरुवात आजबाट भएको छ। पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुनबहादुर कुमालको प्रमुख आतिथ्यतामा सुरुवात गरिएको उक्त कार्यक्रम मा सिकाई केन्द्रकी सदस्य सावित्रा बिकले स्वागत मन्तव्य राख्नुभएको थियो। त्यस्तैगरी कार्यक्रममा कार्यपालिका सदस्य पम्फा बिकवडा सदस्यहरु खोप बहादुर थापा प्रमिला थापा प्रेम बहादुर कुमाल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए। सिकाई केन्द्रका अध्यक्ष रविन्द्र कडेलको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन सचिव राममाया कुमालले गर्नुभएको थियो। सो कार्यक्रममा टोल विकास संस्थाका सचिव तथा अन्य पदाधिकारीहरू लगायतकाको उपस्थिति रहेको छ ।

आज कार्यक्रममा उद्घोषण कला माइनोट लेखन लगायतका विषयवस्तुमा पत्रकार शंकरराज नहरकीले सहजीकरण गर्नुभएको थियो। उद्घोषण कला तथा भाषण कला सम्बन्धी भोलि र पर्सि कार्यक्रम हुने र ९ गते कार्यक्रमको समापन हुने सिकाई केन्द्रले जनाएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.