जडिबुटी खेतीमा प्राेत्सन गर्नुपर्छ – अधिकारी

उपचार सेवा पद्दति लाइ नगरपालिका को प्रत्येक नागरिकको घर घरमा पुर्याउने उद्देश्य को साथ पालुङटार नगरपालिका नगरकार्यपालिका को कार्यलय आयुर्वेद शाखा द्वारा सन्चालित वडा स्तरीय घुम्ती आयुर्वेद स्वास्थ्य सिविर कार्यक्रम  मिति २०८०पौष १७ गते का दिन पालुङटार नगरपालिका वडा नं ३ डुम्रेडांडा शहरी स्वास्थ केन्द्र मा सम्पन्न भएको थियोे ।पा न पा ३का वडा अध्यक्ष श्री रवीन्द्र अधिकारी क्षेत्री को प्रमुख आतिथ्यमा निर्वाचित जनप्रतिनिधि ,पुर्व वडा अध्यक्ष ,पुर्वजनप्रतिनिधि, शहरी स्वास्थ्य केन्द्र का प्रमुख अर्जुन न्यौपाने ,पालुङटार आँखा उपचार केन्द्र कि नेत्र सहायक रक्षा कुंवर ,संगिता श्रेष्ठ ,राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र गोरखाका वैध विष्णु  प्रसाद रेग्मी ,महिला सामुदायिक स्वास्थ्य स्वयंम सेविका लगाएत सेवा ग्राही विच  वडा अध्यक्ष  रविन्द्र अधिकारी क्षेत्रीले व्यानर पढेर उद्घाटन गर्नु भएको थियो । भने उक्त कार्यक्रमको अध्यक्षतागर्नु भएका आयुर्वेद शाखाका प्रमुख हितकाजी श्रेष्ठ ले कार्यक्रमको उद्देश्य वारे प्रकाश पार्दै  वर्तमान अवस्थामा राज्यले आयुर्वेद लाई हेर्ने दृष्टिकोण, नेपाली भान्सामा प्रयोग हुने जडिबुटी मसला को महत्त्व, स्थानीय जडिबुटी को र आयुर्वेद विचको सम्वन्ध, सर्ने नसर्ने र‍ोग को रोकथाम को लागि स्वास्थ वृत ,खानपान ,आहार -विहार ,व्रम्हाचार्य, योग ध्यान को माध्यम वाट नागरिकलाई सचेत गराउदै १०वटै वडामा कार्यक्रम संचालन गर्नका लागि नगरपालिका ले आर्थिक ,भौतिक रुपमा सहयोग गर्न आग्रह गर्दै कार्यक्रम लाई सफल पार्न पहल गर्नुहुने वडा कार्यलय ,जनप्रतिनिधि ,वुद्वधिजिवि,शहरी स्वास्थ केन्द्र ,महिला स्वास्थ स्वंयमसेविका,शहकारी संस्था,पशु सेवा शाखा,आम सेवाग्राही लाई धन्यवाद दिदै आगामी दिनमा वडाको कार्यक्रम मा आयुर्वेद लाई समेट्न आग्रह गर्नुभयो।त्यसतै उक्त कार्यक्रमको विशेष अतिथि पुर्व वडा अध्यक्ष रेसम बहादुर अधिकारिले शुभकामना मन्तव्य राख्दै आँखा सिविर राखेको मा प्रसम्सा गर्दै मानव जिवनमा आँखा भयो भने मात्र सवै थोक हुन्छ आँखाले देख्न हेर्न पाइयो भने   जीवन सार्थक हुने वताउनुभयो।कार्यक्रमका प्रमुख अतिथि वडा नं३का वडा अध्यक्ष रविन्द्र अधिकारी क्षेत्री ले मानव स्वास्थ्यमा आयुर्वेदिक चिकित्सा विधिको वारेमा जोड दिदै  नेपाली जडिबुटीको खेती लाई प्रोत्साहन गर्न सकियो भने मात्र पनि राज्यले कायपलट हुने वताउदै आफ्ना  नागरिक सेवाग्राही लाई धैर्य भएर आयुर्वेद तथाआँखा सिविर वाट सेवा लिनुहुनआग्रह गर्नुभयो।सो कार्यक्रमको संचालन आयुर्वेद शाखाको बैध निरीक्षक वसन्त घिमिरेले गर्नुभएको थियोे ।उक्त सिविर कार्यक्रम मा आयुर्वेद  तर्फ १३६जना विभिन्न रोगका सेवाग्राही ले उपचार लिएका थिए ।जस्मा धेरै जस‍ो सेवा ग्राही वातजन्यरोग(Arthritis) को थिए भने  मधुमेह ,अम्लपित्त, त्वक विकार,स्वसन विकार उदर रोग,पायल्स का विरामि हरुले सेवा लिएकाथिए।भने आँखा सिविर तर्फ ११४जना सेवाग्राहीलाई सेवा दिएको थियोे ।जसमध्ये १० जना सेवा ग्राहिको मोतिविन्दुको शल्यक्रिया गर्नुपर्ने पालुङटार आँखा उपचार केन्द्रकी नेत्र सहायक रक्षा कुंवर ले वताउनु भयो।यस्तै गरि मिति २०८०पौष २३ गते सोमबार का दिन पालुङटार नगरपालिका वडा नं ८ को वडा कार्यलय वाट  आयुर्वेद स्वास्थ्य सिविर संचालन गरि सेवा प्रदान गरिने पालुङटार नगरपालिका आयुर्वेद शाखाका कर्मचारी वसन्त घिमिरेले जानकारी दिनुभयो।

Facebook Comments Box
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.