पालुङ्गटार नगरपालिकाले २० वटा सडक निर्माण र स्तरोन्नतीको योजनालाई प्राथामिकता

गोरखा ६ कात्तिक । गोरखाको पालुङ्गटार नगरपालिकाले २० वटा सडक निर्माण र स्तरोन्नतीको योजनालाई प्राथामिकतामा राखेर काम अघि बढाएको छ । नगरपालिकाले चालु आर्थिक बर्षमा नगरपालिकाको बजेट मार्फत निर्माण तथा स्तरोन्नती गर्नेगरी प्राथामिकता आधारमा सडक योजनाहरुको छनोट गरेको हो ।

नगरपालिकाले संघ र प्रदेश सरकारको तर्फबाट बजेट नपरेका तर अत्यावश्यक रहेका सडकहरुको निर्माणका लागि छनोट गरेर बजेट बिनियोजन गरेको नगरप्रमुख विवस चिन्तनले जानकारी दिनुभयो । जस अन्तरगत मार्गदर्शन टोल राधाकृष्ण मन्दिर सडकका लागिका नगरपालिकाले ३० लाख रुपैया बिनियोजन गरेको उहाँले बताउनुभयो ।

त्यस्तै हात्तीगौडा कोषगाडे सडक स्तरोन्नती, ज्योतिचौतारा खोप्लाङ भन्ज्याङ सडक स्तरोन्नतीका लागि १०÷१० लाख रुपैया नगरपालिकाले बिनियोजन गरेको छ । नगरपालिकाले बज्रे डाँडा भित्री बाटो ढलानका लागि ७ लाख, जुम्ली नौविसे कृषि सडकका लागि तीन लाख, गुन्टार बिराबारी आँपपिपल सडकका लागि एक्काईस लाख रुपैया बिनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाले चैते फेदी ठुकरी गाउँ सडक निर्माण, गौडा पुरानो डी सडक स्तरोन्नती, आयुर्वेद पारीबारी सडक निर्माणका लागि ९÷९ लाख रुपैया बिनियोजन गरेको छ भने सडक पूर्वाधारका बिकास अन्र्तगत चिसा खोला तिलाराम भन्ज्याङ सडक निर्माणका लागि १० लाख, जरुवा ठाँटी देवकोटा गाउँ सडक निर्माणका लागि ७ लाख तथा कालामाटा तालपोखरी ठाडो बाटो निर्माणका लागि ८ लाख बिनियोजन गरेको छ ।

त्यस्तै जोग्दीखोला डोटीपिपल विरुवाटार सडक निर्माणकाका लागि १५ लाख, सिद्ध मा.वि झाक्रा सडक निर्माणका लागि नगरपालिकाले ७ लाख रुपैया बिनियोजन गरेको छ । डुम्री चौर मरे गौडा सडक निर्माणका लागि १० लाख, लामागार धडेरी खोला हात्ती गौडा सडक निर्माणका लागि १५ लाख रुपैया नगरपालिकाले आगामी आर्थिक बर्षका लागि बिनियोजन गरेको नगरप्रमुख चिन्तनले बताउनुभयो ।

नगरपालिकाले उपल्लो सेरा सिस्नेरी गुरुङ गाउँ सडक निर्माणका लागि १० लाख, तीनघरे ठूलोगाउँ जोड्ने सडक बाटोका लाग ११ लाख, जनता मा.वि प्रवेशद्धार निर्माणका गर्न ५ लाख रुपैया बिनियोजन गरेको छ भने रातमाटो गुरुङगाउँ सडक निर्माणका लागि ४ लाख रुपैया बिनियोजन गरेको उहाँको भनाई छ ।

त्यस्तै बोहोरे खोला चेपे, खारखोला तातोपानी हुदैँ पालुङटार नगरपालिका वडा नम्बर ८ र गोरखा नगरपालिका ४ अधेरी जोड्ने सडक निर्माणका लागि पनि संघिय सरकारको सशर्त अनुदानबाट ५० लाख रुपैया बजेट बिनियोजन भएर आएको नगरप्रमुख चिन्तनले जानकारी दिनुभयो । उक्त सडक निर्माणका लागि नगरपालिकाले १० लाख रुपैया साझेदारी गरेर सडक निर्माण गर्ने नगरपालिकाले जनाएको छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.