पालुङटार ७ मा चाैथाे वडा कप फुटबल प्रतियाेगिता शुरू ः पहिलाे दिन ३ खेल सम्पन्न

असाेज २८ गते

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा चाैथाे वडा कप फुटबल प्रतियाेगिता शुरू भएकाे छ ।

असाेज २८ गतेका दिन अाहालेबर  खेल मैदानमा वडाध्यक्ष अर्जुन बहादुर कुमालले खेलकाे उदघाटन गर्नुभएकाे थियाे भने पहिलाे दिनमा ३ खेल सम्पन्न भएकाे छ ।

पहिलाे उदघाटन खेल मजुवा मर्स्याङदी युवा क्लब र रियल सनस्टार युवा क्लबबीच भएकाेमा ३ – ० गाेल अन्तरले मजुवा मर्स्याङदी युवा क्लब बिजयी भएकाे छ । त्यस्तै गरी अन्डर १५ अन्तर्गतकाे दाेश्राे खेलमा माइलीटार युवा क्लब र बिरूवाटार फुटबल क्लबबीच भएकाे खेलमा माइलीटार युवा क्लब ६ – ० गाेल अन्तरले बिजयी भएकाे छ भने अन्तिम अर्थात तेश्राे खेलमा पूर्णेपिपल युवा क्लबले  ३ – ० गाेल अन्तरले  मुन स्टार युवा क्लब खहरेलाइ पछि पारेकाे छ ।

खेलमा प्रथम हुनेले नगद रू.३५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै दाेश्राे हुनेले नगद रू.२१ हजार ट्रफी  मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने खेलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट गाेलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गाेलकर्तालाइ ट्रफी  मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

न्यू रियर सन स्टार युवा क्लबकाे अायाेजनामा सञ्चालन भएकाे खेलमा अन्डर १५ फुटबल खेलतर्फ प्रथम र द्वित्तीय हुनेलाइ ट्रफी  मेडल र प्रमाण पत्र प्रदान गरिने अायाेजकले जनाएकाे छ ।

फाइनल खेल कार्तिक ३ गते हुने जनाइएकाे छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.