सरकारद्वारा पोखरा–मुग्लिन सडकको ठेक्का तोड्ने तयारी ।

निर्माण कम्पनीले कामै नगरेर आजित बनाएपछि सरकारले पोखरा–मुग्लिन सडकको ठेक्का तोड्ने भएको छ । पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको ठेक्का तोड्ने तयारी सरकारले गरेको हो ।
प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा गत बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको बताएका थिए । यो सडकको ठेक्का चिनियाँ कम्पनीले पाएको थियो ।
‘पोखरा–मुग्लिन सडकखण्डको पूर्वतिर काम भएको छ । पश्चिमतर्फको त्यति काम हुन सकेन । सायद अब त्यहाँ ठेक्का सम्झौता तोड्नुपर्ने हुन सक्छ । त्यसको लागि तयारी भइरहेको छ,’ उनले भने ।
मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम भइरहेको छ । आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा ३१.५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै जामुनेबाट पोखरासम्मको पश्चिमखण्डमा जम्मा ८ प्रतिशत प्रगति भएको छ । यो खण्डमा काम सुस्त छ ।
पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद २०८१ भदौसम्म छ ।
भौतिक मन्त्रालयका वैदेशिक महाशाखाका सहसचिव अर्जुनजंग थापाले पनि पोखरा–मुग्लिन सडक विस्तारको पश्चिम प्याकेजको ठेक्का तोड्ने तयारी भएको बताए । ‘कामै नगर्ने निर्माण कम्पनीको ठेक्का तोडिने छ,’ उनले भने ।
उनका अनुसार निर्माण कम्पनीलाई यसअघि नै मन्त्रालयले चेतावनी दिइसकेको छ । यसरी चेतावनी दिएपछि निर्माण कम्पनीले उपकरण केरुङ नाकामा ल्याइसकेको फोटो पठाउन थालेको उनले बताए । तर ती उपकरण नेपाली सर्भरभित्र आइसकेका छैनन् ।
‘मन्त्रालयले यो खण्डको निर्माण कार्यमा निर्माण कम्पनीले अटेर गरेर काम नगरेको देखिएको छ,’ उनले भने, ‘निर्माण स्थलमा आवश्यक उपकरण समेत अहिलेसम्म ल्याइएको छैन । त्यसैले यो खण्ड निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीसँग ठेक्का तोड्न लागिएको हो ।’
थापाका अनुसार दुई वर्षमा कम्पनीको काम शून्यजस्तै रहेको र खाल्डखुल्डी समेत मर्मत गरेको छैन । थापाका अनुसार पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी खण्डमा ७ किलोमिटर कालोपत्रको काम सुरु भइसकेको छ ।
पूर्वी खण्डको कामका लागि २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिने छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।
एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाखमा लागेको थियो ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.