Gorkha Sansar

बझाङका भुकम्प पिडितलाई नुवाकोट रेडक्रसकाे सहयाेग

नुवाकोट, असाेज २१ गते                                                        असाेज  16 गते अाएकाे बिनासकारी भूकम्पका कारणले बझांग जिल्लाका भूकम्प पिडीत व्यक्तिहरुलाई नुवाकोट रेडक्रसले सहयाेग गरेकाे छ ।                              मानव सेवा नै ठुलाे धर्म हाे भन्ने मान्यताबमाेजिम नुवाकोटकी नेपाली कांग्रेस महासमिति सदस्य शान्ति लामाकाे समन्वयमा ३० थान ब्ल्याङकेट राहतस्वरूप जिल्ला  रेडक्रस साेसाइटी बझाङलाई हस्तान्तरण गरिएकाे छ ।                                    राहत सामग्री  नुवाकोट जील्ला रेडक्रस सोसाइटीको सहयोगमा संकलन गरिएकाे थियाे । साे क्रममा  नेपाल स्वास्थ्य कर्मि संघ बझांग जील्ला अध्यक्ष श्री गंगा प्रसाद जोशी  र नेविसंघ केन्द्रीय सदस्य श्री लक्ष्मणजंग कडायतले सहजीकरण गरेका थिए ।    जिल्ला रेडक्रस सोसाइटी बझांग मार्फ़त बझांग जील्ला विपद् व्यवस्थापन समीतिद्वारा पिडीत व्यक्तिहरुलाई राहत स्वरुप वितरण हुनेगरी सामग्री  हस्तान्तरण गरीएको महासमिति सदस्य लामाले बताउनुभयाे। यस कार्यमा संवेदनशील भयर यो राहत स्वरुप बल्यांकेट उपलब्ध गराईदिने नुवाकोट रेडक्रस सोसाइटी साखाका सभापति श्री हरि श्रेष्ठ लाई धन्यवाद समेत ब्यक्त गरिएकाे थियाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.