Gorkha Sansar

पालुङटार नगरपालिका स्वास्थ्य शाखाको पोषण कार्यक्रमहरुको समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न

२०८० साल असोज १५ गते सोमबारका दिन पालुङटार नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आ.व. ०७९/८० मा सम्पादित पोषण कार्यक्रमहरुको समिक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ |

प्रमुख प्रशासकीय अधिकृत श्री गौतम भण्डारी ज्यूको अध्यक्षतामा, नगर उप-प्रमुख श्री बन्दना पाण्डे ज्यूको प्रमुख आतित्थ्यमा तथा स्वास्थ्य कार्यालय गोरखाका पोषण सम्पर्क व्यक्ति श्री नवराज खड्काको आतित्थ्यमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तब्य स्वास्थ्य संयोजक श्री सृजना पोखरेलले गर्नुभएको थियो |

प्रत्येक स्वास्थ्य संस्थाबाट संस्था प्रमुख तथा पोषण सम्पर्क व्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा गत आर्थिक वर्षमा सम्पादित कार्यहरुको समिक्षा गरिएको थियो, साथै आगामी आर्थिक वर्षको लागि पोषण अवस्थामा सुधारका लागि कार्ययोजना पेश गरिएको थियो |

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.