नेफिन साउदीमा खेम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

काठमाडौँ । नेपाल आदिवासी जनजाति महासंघ(नेफिन), राष्ट्रिय समन्वय परिषद साउदी अरबको पाचौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा खेम गुरुङ चयन हुनुभएको छ । गुरुङको अध्यक्षतामा निर्विरोध निर्वाचित कार्यसमितिले साउदीस्थित आदिवासी जनजातिको हकहितका लागि विविध रचनात्मक क्रियाकलाप सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । नेपाली दूतावास रियादका द्वितीय सचिव टिकाराम उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशन आदिवासी जनजाति महासंघ साउदीका प्रमुख संरक्षक ओम घले, नेपाली दूतावास रियादका पूर्वी क्षेत्र जनसम्पर्क अधिकारी नारायण पासवान विशिष्ट आतिथि रहनु भएको थियो । आदिवासी जनजाति महासंघ साउदीका प्रमुख सल्लाहकार वीरेन्द्रकुमार चौधरी र महासंघका संरक्षक तथा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सचिवालय सदस्य श्रीप्रसाद यावा लिम्बूको विशेष आतिथ्य रहेको थियो ।

“आत्मनिर्णयको अधिकारका लागि परिवर्तनका सम्वाहक युवा” भन्ने मूल नाराका साथ “२९औं विश्व आदिवासी दिवस“को शुभकामना आदानप्रदान समेत अधिवेशनसँगै सम्पन्न भएको नेफिन साउदी अरबले जनाएको छ ।यसैबीच एनआरएनए साउदी अरबकी अध्यक्ष रबिना अर्यालले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

हुमागाई, दिदीबहिनी समुहकि अध्यक्ष तुलशिमाया गुरुङ, गैरआवासीय नेपाली संघ साउदी अरबकी अध्यक्ष रबिना अर्याल, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदकि महिला उपाध्यक्ष यासमिन बेगम सैयद लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

कार्यक्रममा विभिन्न सांस्कृतिक मनोरञ्जनात्मक प्रस्तुतिहरू पनि दिइएको थियो । सांस्कृतिक कार्यक्रमका संचालन सांस्कृतिक संयोजक रामु आलेमगरले गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष खेम गुरुङले सबैलाई धन्यवाद ज्ञापन व्यक्त गर्दै कार्यक्रमको समापनको घोषणा गरेका थिए भने उक्त कार्यक्रमका संचालक नवनिर्वाचित महासचिव सुमन योङहाङले गरेका थिए ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.