U-16 फुटबल प्रतियाेगिताकाे उपाधी United Chyangli काे पाेल्टामा

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ काे बिरूवाटार खेल मैदानमा सम्पन्न U-16 फुटबल प्रतियाेगिताकाे उपाधी अायाेजक United Chyangli ले हात पारेकाे छ ।
बिगत ३ दिनदेखि सञ्चालन भएकाे पालुङटार नगरस्तरीय प्रतियाेगितामा अायाेजक United Chyangli ले माइलीटार युवा क्लवलाइ ३-१ गाेल अन्तरले जित हासिल गरेकाे हाे । जितसंगै United Chyangli ले नगद रू.५ हजार र मेडल हात पारेकाे छ । त्यस्तै गरी उपबिजेता हुन सफल माइलीटार युवा क्लबले १ हजार ५ सय र मेडल हात पारेकाे छ ।
खेलमा उत्कृष्ट गाेलकर्ता,  उत्कृष्ट डिफेन्डर, उत्कृष्ट खेलाडी लाइ समेत मेडल सहित पुरस्कार प्रदान गरिएकाे थियाे ।
प्रतियाेगितामा नगरपालिकाभित्रका ११ टिमकाे सहभागिता रहेकाे थियाे ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.