पालुङटार नगरपालिकाकाे तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०८९/०८० को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । बुधबार पालुङटार नगरपालिका वडा नं. ५ को वनदेवी मन्दीर परिसरमा सम्पन्न भएको कार्यक्रममा सहभागिहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै पालुङटार नगरपालिकाको नगर प्रमुख विवस चिन्तनले संमृद्ध पालुङटार निर्माण गर्न आफु सबै संग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनुभएको छ । उहाँले आँपपिपल अस्पताललाई ५० सैयाको अस्पतालको रुपमा स्तरोन्नती गरेर बिशिष्ठ सेवा प्रदान गर्ने प्रक्रियामा लागि परेको बताउनुभएको छ । बाँझा रहेका नगरपालिका भित्रका उर्भर जमिनलाई सिंचाईको व्यवस्था गरेर उर्बरा योग्य जमिन बनाउने नगरपालिकाको लक्षरहेको नगर प्रमुख चिन्तनको भनाइ रहेको छ । जनजाति माहासंघको कार्यक्रमका लागि रकम नछुट्याएको प्रश्नको जवाफ दिँदै नगर प्रमुख चिन्तनले मेला र जात्राका लागि भन्दा पनि जनजातिहरुका लागि आयआर्जन हुने खालका कामका लागि आफुले रकम बिनियोजन गर्ने भन्दै त्यसका लागि प्रपोजल पेश गर्न अपिल गर्नुभएको छ ।
कार्यक्रममा पालुङटार नगरपालिकाकी उप–प्रमुख बन्दना पाण्डेले सार्बजनिक सुनुवाई कार्यक्रम मार्फत् नगरपालिकाले स्थानिय जनताहरुको गुनासो सुन्ने र जनताहरुले दिएको सुझाबको आधारमा आफुहरु अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सोहि अवसरमा उहाँले आफुहरु यी र यस्तै कार्यक्रम मार्फत् जनताको गुनासो सुन्न र जनताको हरेक सुख दुःखमा साथ दिनका लागि निर्वाचित भएको बताउनु भयो । उप–प्रमुख पाण्डेले न्यायिक समितिको काम जनतालाई न्याय दिने भन्दा पनि मेलमिलाप गराउने भएको भन्दै अहिले सम्मका धेरै उजुरीहरु मेलमिलापको माध्यमबाट समस्या समाधान गरिएको बताउनुभएको छ ।
पालुङटार नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दिपक पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारी, वडा नं. ३ का वडा अध्यक्ष रविद्र अधिकारी, वडा नं. का ४ वडा अध्यक्ष मान बहादुर पौडेल, वडा नं. ६ का वडा अध्यक्ष चेत बहादुर गुरुङ, वडा नं.७ का वडा अध्यक्ष अर्जुन बहादुर कुमाल, ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरी निरीक्षक सुरेन्द्र तामाङ, नगरपालिकाका शाखा प्रमुखहरुले सहभागिहरुबाट उठेका जिज्ञाशाहरुको जवाफ दिनुभएको थियो ।
कार्यक्रममा नगरपालिकामा क्रियासिल राजनीतिक दलहरु नेपाली कांग्रेस पालुङटारका नगर सभापति बिमल ढकाल, नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समिति सदस्य जोनी सुनार, नेकपा समाजवादी पार्टीको तर्फबाट डिल बहादुर खत्री, नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्यनारायणी अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सहभागिहरु मध्येका अधिकांश सहभागिहरुले कृषि तथा पशु पालनका लागि अनुदानको व्यवस्था मिलाउन, बर्षायाममा अबरुद्ध भएका र सडकमा परेका खाडलहरु पुर्न, पालुङटारमा बन्द अवस्थामा रहेको बिमास्थल सञ्चालनका लागि पहल गर्न, ठाउँ ठाउँमा जेष्ठ नागरिक आश्रय स्थल बनाउन, दोहोरो कर प्रणालीको अन्त्य गर्न, उपभोक्ता समिति मार्फत गरिएका बिकास निर्माणका काममा स्थानिय स्रोत र साधनको प्रयोगको व्यवस्था मिलाउन, सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न, महङ्घी नियन्त्रण गर्न, नगरपालिका भित्रका सबै ठाउँमा चोबिसै घण्टा एम्बुलेन्स सेवा उपलब्ध गराउनु पर्ने जस्ता सुझाबहरु दिएका छन् ।

Facebook Comments Box
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.