२७ बर्षीय कमलाले गरिन माइतीघरमा झुण्डिएर अात्महत्या

गाेरखा, साउन ८ गते

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीस्थित माइलीटारमा २७ बर्षकी कमला कुमालले माइतीघरमा झुण्डिएर अात्महत्या गरेकी छन् ।

करिब १० बर्षअघि बिवाह गरेकी कमला बिगत डेढ बर्षदेखि माइतीघरमै बस्दै अाएकी थिइन । अाज बिहान घर परिवारका सबै सदस्यहरू राेपाइ गएका समयमा उनले पटुकाकाे पासाे लगाएर अात्महत्या गरेकी हुन । घरमा खाना, तरकारी बनाएर खेतमा अाउछु भनेकी छाेरी अबेरसम्म पनि खेतमा नअाएपछि करीब ११ बजेतिर अामा घरमा अाउँदा कमलाले घरभित्रै भर्याङनजिकैकाे दलिनमा झुण्डिएकाे देखेपछि पटुका काट्दा छाेरी भूइंमा ढलेकाे कमलाकी अामाले बताउनुभयाे ।

घरमा पनि खासै नराम्राे थिएन तर पनि उनी श्रीमान पछिल्लाे पटककाे छुट्टीमा घर अाएर बिदेश गएदेखि माइतीघर बस्दै अाएकी कमला अाज माइतीकाे राेपाइं सकेर भाेलि घर अाउने कुरा ससुरा सन्तलाल संग गरेकी थिइन । ३ बर्षकी नातिनीसंगै माइत बसेकी अाफ्नी जेठी बुहारी भाेलि घर फर्केर अाउने कुराले खुशी हुँदै राेपाइंमा गएका सन्तलालले एक्कासी अात्महत्याकाे खबर सुन्दा छाँगाबाट खसेजस्तै भएकाे बताउनुहुन्छ ।

अस्थायी प्रहरी पाेष्ट बिरूवाटारकाे टाेली घटनास्थल पुगेर इलाका प्रहरी कार्यालय ठाँटीपाेखरीमा घटनाकाे जानकारी गराएलगत्तै प्रहरीकाे टाेली अाइ मुचुल्का तयारी गरी शब पाेष्टमार्टमकाे लागि गाेरखा पठाइएकाे छ ।

अात्महत्याकाे कारण बारे अनुसन्धान हुने प्रहरीले जनाएकाे छ ।

कमलाकी ३ बर्षकी छाेरी कृषला कुमाल

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.