त्रि.वि.मा एक महिनाअघि लागेकाे ताला अझै खुलेन

काठमाडौं ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको एक महिना पुगिसक्दा पनि ताला खोल्ने विषमा दुवै पक्षबीच सहमति हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालय पीडित संघर्ष समितिले असार ७ गते त्रिविका उप कुलपति, रेक्टर र रजिस्टारको मूलगेटमा तालाबन्दी गरेका थिए ।

तालाबन्दीपछि त्रिवि र समितिबिच करिब ५ पटक वार्ता हुँदा पनि सहमति हुन सकेको छैन । त्रिवि वार्ता समितिका संयोजक एवं त्रिवि अनुगमन निर्देशनालयका उपनिर्देशक उपप्राध्यापक विष्णुप्रसाद वाग्लेले वार्ता भएर ७ बुँदे सहमति भए पनि कार्यान्वयन हुन नसकेको बताए । उनले भने– ‘हामीले छिट्टै टुङ्गो लगाउन भनेका छौं तर उहाँहरू मान्न तयार दखिनुभएको छैन ।’

संघर्ष समितिले वि.सं. २०७२ असार २२ गते तत्कालीन उपकुलपति प्राडा हिराबहादुर महर्जन र पदाधिकारीबीच भएको ७ बुँदे सम्झौता कार्यान्वयन गर्न दवाव दिएको छ । संघर्ष समितिका संयोजक देव महर्जनले सम्झौता भएको ८ वर्ष बिति सक्दा पनि माग पूरा गर्ने विषयमा तदारुकता नदेखाएपछि बाध्य भएर तालाबन्दी गरेको बताए । विगतमा भएको सम्झौता कार्यान्वयन गराउन दबाब दिन तालाबन्दी गरिएको समितिका संयोजक महर्जनले बताए । उनले माग पूरा गर्ने विषयमा छलफल जारी रहेको बताए । समितिले राखेका ८ मागमध्ये पछिल्लो माग विभिन्न निकायले हडपेको जग्गा त्रिविले आफ्नो नाममा ल्याउनुपर्ने पछि थप गरिएको हो ।

संघर्ष समितिका संयोजक महर्जनले त्रिविले वेवास्ता गरेको कारण माग पूरा हुन नसकेको दाबी गर्दैगर्दा वार्ता समितिका संयोजक वाग्लेले सम्झौताको ड्राफ्ट तयार भइसकेको तर हस्ताक्षर गर्न नआउदा समस्या बढ्दै गएको बताए । उनले भने– ‘त्रिवि प्रशासनले गर्न सक्ने काम तत्काल पूरा भएको भए पनि सरकारी स्तरबाट हुने कामलाई पदाधिकारीबाट आग्रह गर्ने विषयमा सहमति भएर सम्झौताको मस्यौदा तयार भएको थियो । तर, हालसम्म हस्ताक्षर हुन सकेको छैन ।’

त्रिवि र संघर्ष समितिबीच त्रिविले प्रयोग गरेको जग्गाको मुआब्जा दिनुपर्ने, त्रिविमा शिक्षण अस्पताल निर्माण गर्नुपर्ने, त्रिविले हडपेको जग्गा फिर्ता लिनुपर्ने, त्रिवि सभामा कीर्तिपुरवासीलाई पदेन सदस्यको रूपमा मनोनयन गर्नुपर्ने, अधिकरणमा परेका कीर्तिपुरवासीका छोराछोरीलाई छात्रवृति उपलब्ध गराउने विषयमा सम्झौता भएको थियो । त्यसबेला त्रिविका तर्फबाट निमित्त रजिस्ट्रार प्राडा देवराज अधिकारी र समितिका तर्पmबाट शम्भुराज महर्जन, राजकुमार नकर्मी, रमेश महर्जन, नारायण महर्जन र देव महर्जनले हस्ताक्षर गरेका थिए ।

यो समाचार नेपाल समाचारपत्र दैनिमा छ ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.