प्रहरी कार्यालय गोरखाले बरामद् गरेकाे टल्कने ढुङ्गा गोरखा दरबार संग्राहलयमा राख्न पूर्व प्रधानमन्त्री डा. भट्टराइकाे सुझाव

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जिल्ला प्रहरी कार्यालय गोरखाले बरामद् गरी प्रहरी कार्यालयमा राखेको टल्कने ढुङ्गा ‘क्वार्ज क्रिस्टल’ गोरखा दरबार संग्राहलयमा राख्न उपयुक्त हुने बताउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखामा पुगेर बरामद् गरिएको क्वार्ज क्रिस्टलको आज अवलोकन गर्नुहुदैँ उहाँले अनुसन्धानका लागि बरामद गरिएको ‘क्वार्ज क्रिस्टल’ गोरखा दरबार संग्राहलयमा अवलोकनका लागि राख्नु उपयुक्त हुने बताउनु भएको हो ।

‘मैले त्रिभुवन विश्वविद्यालयका सम्बन्धित विषयविज्ञहरूबाट बुझे अनुसार यो अर्ध–बहुमूल्य पत्थर क्वार्ज क्रिस्टल हो, उहाँले भन्नुभयो, यसलाई अवलोकनका लागि गोरखा दरवार सङ्ग्राहलयमा राख्नु उपयुक्त हुन्छ ।’

पूर्वप्रधानमन्त्री डा.भट्टराईले क्वार्ज क्रिस्टल स्थानीय एक परिवारले पुस्तौदेखि धार्मिक आस्थाको रुपमा पुजा गर्दै आएको भएकाले सम्बन्धित परिवारको चित्त बुझाएर मात्र संङ्ग्राहलयमा राखिनुपर्नेमा समेत जोडदिनुभयो ।

‘पुस्तौंदेखि धार्मिक आस्थाको रूपमा स्थानीय परिवारले पूज्दै आएको हुँदा उहाँहरुकोे चित्त बुझाएर यसलाई सार्वजनिक अवलोकनका निम्ति गोरखा दरबार संग्रहालयमा राख्नु उपयुक्त हुन्छ, उहाँले भन्नुभयो, ‘त्यसका निम्ति स्थानीय सरकारले ध्यान देओस् ।’

डा. भट्टराईलाई जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी­ अनुपम श्रेष्ठले उक्त बरामद् गरिएको क्वार्ज क्रिस्टल अवलोकन गराउनु भएको थियो । यसअघि गोरखा जिल्ला भित्रका बिभिन्न धार्मिक तथा सामाजिक संस्थाहरुले पनि टल्किने ढुङगा गोरखाको पबित्र धार्मिकस्थल गोरखकाली मन्दिर वा गोरखनाथ भुमिमै राख्नुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानकर्षण गराएका थिए ।

गोरखा नगरपालिका–७, सतिपिपल स्थित एक घरबाट गएको असार १४ गते बरामद् गरिएको टल्कने ढुङ्गा अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उक्त टल्कने ढुङगा सो परिवारले बर्षौदेखि कुलायन देवताको रुपमा घरमा राखेर पुजा गर्दै आएको पाइएको छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.