Gorkha Sansar

अवैध भरुवा बन्दुक सहित ३ जना पक्राउ

गाेरखा, असार ३१ ।

गाेरखा जिल्लाकाे शहिद लखन गाउँपालिका बाट अबैध भरूवा बन्दुक सहित ३ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ ।

शहिदलखन गा.पा. वडा नं.९ नामजुङका ३ जनालाइ घर खानतलासी गर्ने क्रममा बन्दुक भेटेपछि पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ । पक्राउ पर्नेमा शहिदलखन गा.पा. वडा नं.९ नामजुङ बस्ने बर्ष २४ को सन्दिप भुजेल, बर्ष ३३ को पर्वत बाबु थापा र बर्ष ४८ को कुल बहादुर घर्ती रहेका छन् ।

घरमा बन्दुकहरु लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गर्ने क्रममा असार २९ गते दिउँसाे प्रहरीले उनीहरूकाे घर खानतलासी गरेकाे थियाे । तीनै जनाकाे घरबाट १, १ थान १ नाले भरूवा बन्दुक बरामद गरिएकाे छ ।
पक्राउ परेका तीनै जनालाइ आज (असार ३१ गते )हातहतियार तथा खरखजाना कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती समेत लिई उक्त हातहतियार तथा खरखजाना कसूरमा यस कार्यालयबाट थप अनुसन्धान भई रहेको बताइएकाे छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.