जीप दुर्घटनामा दुई बालबालिकाको मृत्यु

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनि भन्ने ठाउँमा गए राति भएको जीप दुर्घटनामा दुई बालबालिकाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । ७ वर्षीया बालिका शितल बिककाे पर्वत अस्पताल र ४ वर्षीय बालक प्रिन्स क्षेत्रीकाे पाेखरामा उपचारका क्रममा निधन भएकाे पर्वत प्रहरीले जनाएकाे छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नं. को जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया बालिका शीतल विकको टाउको र आँखामा गम्भीर चोट लागेकाे थियाे । उनको उपचारकै क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो ।

घाइतेहरु मध्ये कृष्णप्रसाद पाध्या, हिरादेवी मगर, मिनबहादुर क्षेत्री, प्रिन्स क्षेत्री, चन्द्रकला क्षेत्री, अमृत क्षेत्री र भबदत्त शर्मालाई पोखरा रिफर गरिएको थियाे। प्रिन्सकाे उपचारकै क्रममा गण्डकी मेडिकल कलेज पोखरामा ज्यान गएकाे हाे ।

दुर्घटनामा परी घाइते भएकाहरु मध्ये शौरभ विक, शान्ति विक, अम्मर विक, निशान परियारको अवस्था सामान्य रहेको छ । उनीहरुको पर्वत अस्पतालमा उपचार भएको छ ।

उकालो बाटोमा चढ्दै गरेको जीप अचानक अनियन्त्रित भई सडकबाट करिब ३०–३५ मिटर तल खसेको थियो । जीपका चालक प्रहरीको नियन्त्रणमा रहेको र जीप घटनास्थलमा सवारीधनीको जिम्मामा रहेको प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिएका छन् । जीपकाे अकस्मात ब्रेक फेल भएकाे चालकले बताएका छन्  ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.