प्रदेश र सङ्घीय सरकारको सहयोगमा भानु जन्मस्थलको विकासका लागि देखिने गरी काम अघि बढाइने

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल भानु नगरपालिका–४ चुँदीरम्घाको विकासमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन् ।
भानु जन्मस्थल विकास समितिको आयोजनामा भानु नगरपालिका–४ चुँदीरम्घामा शुक्रबार आयोजित दुई सय १०औँ भानु जयन्तीका अवसरमा उनले भानु जन्मस्थलको विकास गरी चुँदीरम्घालाई साहित्यिक गन्तव्यका रूपमा विकास गर्ने गरी प्रदेश सरकार अग्रसर रहने बताए । आफूले भानु जन्मस्थलको पहिलो पटक अवलोकन गरेको र पर्याप्त विकास हुन नसकेकोमा दुःख लागेको मन्त्री पाण्डेको भनाइ छ ।

“मैले पनि पहिलो पटक भानुभक्त जन्मिएको घरलगायत संरचनाको अवलोकन गर्ने अवसर पाएँ”, मुख्यमन्त्री पाण्डेले भने, “तर भानु जन्मस्थलको जति विकास हुनुपर्ने हो, त्यति हुन सकेको जस्तो लागेन । यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने गरी अघि बढ्ने छौँ ।”

आदिकवि भानुभक्त आचार्यले साहित्यको माध्यमबाट नेपाली भाषा र साहित्यलाई विदेशसमेतमा चिनाउन सफल हुनुभएकाले योगदानको सबैले कदर गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिए ।

उनले भानु जन्मस्थल विकास समितिद्वारा प्रकाशित पुस्तक भानुभक्तको रामायणसमेतको विमोचन गरेका थिए । कार्यक्रममा साहित्यको क्षेत्रबाट योगदान पुर्याउने साहित्यकार काशीनाथ न्यौपाने, मेदिनी शर्मा र साम्पा उपाध्यायलाई नगद पुरस्कारसहित र दोसल्लाले सम्मान गरिएको थियो ।

रामायण वाचन प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने क्रमशः आराध्या ढकाल, स्वाधीनता पौडेल र प्रस्तुती आचार्यलाई नगदसहित पुरस्कृत गरिएको थियो । त्यसैगरी कविता प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने क्रमशः नवलपुरका दयाराम पौडेल, तनहुँका विवेक पराजुली र विनायक नेपालीले नगदसहित पुरस्कार प्राप्त गरेका थिए ।

साेहि अवसरमा गत बर्ष अायाेजित एसियाका २४ राष्टका ६ देखि ११ बर्ष उमेर समूहका बालबालिकाहरूकाे चित्रकला प्रतियाेगितामा प्रथम हुने सफल भएका विनायक नेपालीलाइ अायाेजक संस्थाबाट प्राप्त अवार्ड समेत प्रदान गरिएकाे थियाे ।

भानु जयन्तीको अवसरमा स्थानीयवासीले विभिन्न जातीय झाँकी प्रदर्शन गरेका थिए । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाट, साहित्यकार तथा आदिकवि आचार्यका खनातीहरू काशिराज आचार्य र विधान आचार्यलगायतले भानुभक्तको योगदानको चर्चा गर्दै संरक्षणमा सबै पक्षबाट पहल हुनुपर्नेमा जोड दिएका थिए ।

विभिन्न सङ्घ संस्थासहित प्रदेश र सङ्घीय सरकारको सहयोगमा भानु जन्मस्थलको विकासका लागि देखिने गरी काम अघि बढाउन आफूहरू सकारात्मक रहेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताए । “यो वर्ष भानु जन्मस्थलको विकासमा हामी तीव्ररूपमा लाग्ने छौँ”, नगरप्रमुख त्रिपाठीले भने, “त्यसका लागि सबै पक्षबाट सकारात्मक सहयोगको अपेक्षा गरेका छौँ ।”

Photos: 

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.