अाज (असार २८ गते) बिहिबारका दिन पोखरा विश्वविध्यालय जनस्वास्थ्य समुह ‘क’ विद्यार्थीहरूद्वारा जीवन ज्योती मा वि सभागृह हलमा लक्षित समुहहरूको उपस्थितिमा सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रम अन्तरगतको शुद्ध पिउने पानी विषयक शुक्ष्म स्वास्थ्य परियोजना कार्यक्रम सुसम्पन्न भएको छ । कार्यक्रम आयोजक टिमले यसअघि समुदायमा सामुदायिक स्वास्थ्य निरूपण प्रयोगात्मक फिल्ड अभ्यासका क्रममा समुदायबाट नमुना तत्थ्यांक संकलन गरि प्रमुख समस्या प्राथमिकिकरण गरि समुदायकै संलग्नतामा वास्तिवक समस्या पहिचान गरि प्रथम समस्याको रूपमा पर्न गएको शुद्ध पिउने पानीको समस्यामा केन्द्रित रहि कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा टिम लिडर तथा कार्यक्रम संचालक समुन्द्र लगुन लगायत प्रकृति रेग्मी, अर्चना सापकोटा, अस्मिता रानभाट, दिभ्या देवकोटा, सामना मरासीनी, सुजता कडेल, सगुन कुमाल, सदिक्षा भ०डारी, प्रेक्षा धामीले शुद्घ पिउने पानीको महत्व, दुषीत पिउने पानीका स्वास्थ्य असरहरू, पानी शुद्धीकरणका उपाय तथा बिधिहरू लगायतका विषय प्रस्तुतीकरण, प्रदर्शनीका साथै र्याली कार्यक्रम गरि जनचेतना जगाएका थिए । समुदायमा अधिकांश मानिसहरू पिउनको लागि मुहान कुवाको स्रोतमा निर्भर रहने, मुहान कुवाको उपयूक्त व्यवस्थापन संरक्षण नभएको, फोहोर व्यवस्थापनका समस्या, बर्खायामको भलका कारण स्रोतमानै पानी प्रदुषित हुने, अधिकांश घरमा पानीको शुद्धिकरण नहुने हुँदा अधिकांश समुदायका मानिसहरू शुद्ध पिउने पानीको अभावबाट हुने स्वास्थ्य समस्या जस्तै झाडापखाला, आँउ, टाइफाइड, ज्वरो रूघाखोकीको जोखिममा रहेको तथ्यांक र सामुदायिक छलफलबाट जानकारीमा आएको थियो । त्यसैमा आधारित रहि घरेलु स्तरमा नै पानीलाइ उमालेरमात्र पिउने, उपलब्धताअनुसार फिल्टर वा क्लोरिन बिधिद्वारा शुद्धिकरण गर्न सकिने, पानीको स्रोत सरसफाइ संरक्षणमा पनि ध्यान पुर्याउन पर्ने, पानी प्रयोग हुने भाँडाको सरसफाइ साथै व्यक्तिगत सरसफाइमा पनि सतर्क हुनुपर्ने कुराहरू कार्यक्रम आयोजकले सुझाएका थिए । कार्यक्रम संचालकले गोरखा संसारलाइ कार्यक्रमका बारेमा जानकारी गराउँदै सहभागी जनसमुदायका प्रतिक्रिया अनुसार कार्यक्रम जनचेतनामुलक, उपयोगी रहेको र शुक्ष्म स्वास्थ्य कार्यक्रम जनसहभागितामा सफलताका साथ सुसम्पन्न भएको जानकारी गराउनुभयो । साथै यहि असार ३१ गते अन्तिम प्रस्तुतिकरण कार्यक्रम गरि सम्पूर्ण सामुदायिक स्वास्थ्य निरूपण प्रयोगात्मक फिल्ड अभ्यासका कार्य पुरा गरि साउन २ गते विश्विविद्यालय फर्कने जानकारी गराउनुभयो ।
थप समाचार
-
कोशीमा लम्पी स्किनको प्रकोप: २२ हजार गाईभैंसी संक्रमित, ६३७ को मृत्यु
गाेर्खा संसारAugust 3, 2025१८ साउन, काठमाडौं / पछिल्ला दुई महिनामा लम्पी स्किन रोग पुनः सक्रिय बन्दै गएको छ । देशभर हालसम्म २२ हजार २ सय ५६ गाईभैंसीमा लम्पी स्किन रोग संक्रमण पुष्टि भएको पशु सेवा विभागले जना... -
भोजपुरको टेम्केमैयुङमा २५ लाखको प्रसूति भवन निर्माण, स्थानीयलाई राहत
गाेर्खा संसारAugust 1, 2025भोजपुर, टेम्केमैयुङ–६ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ कोटमा प्रसूति भवन निर्माण सम्पन्न भएको छ। अब सामान्य प्रसूति गराउन घण्टौं लगाएर स्ट्रेचर वा डोकोमा सदरमुकाम लैजानुपर्ने ब... -
वीर अस्पतालमा ब्रेसेस सेवा एक वर्षदेखि बन्द, सामग्रीको अभावले बिरामीहरू पर्खिरहन बाध्य
गाेर्खा संसारJuly 30, 2025काठमाडौं, ४ साउन । वीर अस्पतालको दन्त विभागमा ब्रेसेस बाँध्ने सेवा एक वर्षदेखि ठप्प छ । नयाँ सेवाग्राहीका लागि उपचार सेवा अवरुद्ध हुँदा सयौं बिरामी पर्खिरहेका छन् । सामग्री अभाव... -
सिन्धुलीमा एकै परिवारका १६ जना गाउँबाटै बेपत्ता, प्रहरीको खोजतलास सुरु
गाेर्खा संसारJuly 28, 2025काठमाडौं १२ साउन । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ मा एकै परिवारका १६ जना गाउँबाटै हराएपछि प्रहरीले खोजतलास सुरु गरेको छ । भण्डास बिप्पर कटेरी भन्ने स्थानमा बसोबास गर्दै आएकी उ... -
अब मिर्गौलाका बिरामीलाई ८ लाख ५० हजारसम्मको सरकारी सहुलियत
गाेर्खा संसारJuly 22, 2025काठमाडौं, ६ साउन ।अबदेखि मिर्गौला रोगीहरूले सरकारले उपलब्ध गराउने स्वास्थ्य सेवाबाट अधिकतम ८ लाख ५० हजार रुपैयाँसम्मको आर्थिक सहुलियत पाउने भएका छन् । यसअघि एक लाख रुपैयाँको सहुलिय... -
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट ‘मिडिया काउन्सिल विधेयक’माथि छलफल सुरु
गाेर्खा संसारJuly 19, 2025३ साउन, काठमाडौं प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ‘विद्यालय शिक्षा विधेयक’मा शीर्ष तहमा सहमति नजुटेकाले ‘मिडिया काउन्सिल विधेयक’माथि छलफल अगाडि...