असार २३ गते, गाेरखा । पोखरा विश्वविद्यालय जनस्वास्थ्य समुह क का विद्यार्थीहरूद्वारा जीवन ज्योती मा वि सभागृह हलमा सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रम अन्तरगतको पहिलो सामुदायिक प्रस्तुतिकरण कार्यक्रम सुसम्पन्न भएको छ । उक्त कार्यक्रम टिम लिडर समुन्द्र लगुनको अध्यक्षतामा सम्पन्न गरिएको थियो । साथै कार्यक्रममा पोखरा विश्वविध्यालयका उपप्रध्यापक राजेन्द्र लामीछानेले बिद्यार्थीहरूका लागि निर्देशनसहितकाे मन्तब्य राख्दै समुदायसंग नम्र र ब्यवस्थित रूपमा अघि बढनुपर्ने बताउनुभएको थियाे । साे अबसरमा पालुङ्टार ७, अन्तर्गत नागास्थान टाेलबिकास संस्थाका अध्यक्ष चन्द्र ब. कुमाल, खाेलाघाट भट्टफांट टाेलबिकास संस्थाका अध्यक्ष राजु ब. कुमाल, च्याङली स्वास्थ्य चौकीका सिनियर अ.हे.ब. भरतराज पाण्डे, जीवनज्योती मा वि का शिक्षक तथा रेडीयो बन्दीपुर तथा गोरखा संसार प्रा. लि.का संचालक रविन्द्र कंडेल लगायतकाले शुभकामना मन्तब्य राखेका थिए । बिभिन्न टाेलबिकास संस्थाका अध्यक्षहरू, महिला समूहका प्रतिनिधि हरू, सुरक्षाकर्मी लगायतकाकाे उपस्थितिमा सम्पन्न साे कार्यक्रममा विध्यार्थीहरूले समुदायबाट नमुना तथ्यांक संकलन गरि विश्लेशण गरेर प्राप्त मुख्य मुख्य तथ्य विवरणहरू प्रस्तुत गरेका थिए । जसमा जनसांख्यिक, सरूवा तथा दिर्घ रोग, सन्तुलित अहार, मातृशिशु स्वास्थ्य, वातावरणिय स्वास्थ्य सम्बन्धि विवरणहरू थिए । साथै कार्यक्रममा उपस्थित अतिथिहरूले सल्लाह सुझावका साथै शुभकामना मन्तव्य समेत प्रस्तुत गर्नुभएको थियो । यसअघि पनि १ महिने फिल्ड अभ्यासमा अएका विध्यार्थीहरूले सामुदायिक भेला सामुदायिक नक्सांकनका साथै विध्यालय स्वास्थ्य कार्यक्रम समेत सन्चालन गरेका थिए । अवका दिनमा पनि समुदायमा रहेको मुख्य वास्तविक स्वास्थ्य समस्या प्राथमिकिकरण आवश्यकता पहिचान गरि विध्यार्थी तहबाट सकिने शुक्ष्म स्वास्थ्य परियोजना सन्चालन फिल्ड प्रतिवेदन प्रस्तुत गर्ने जनकारी टिम लिडर समुन्द्र लगुनले दिनुभयो र आगामी दिनमा पनि समुदायस्तरबाट साथ सहयोग प्राप्त गर्ने विश्वास समेत राख्नुभएको थियो । थप फाेटाे तथा भिडियाे Gorkha Sansar काे फेसबुक पेज बाट हेर्न सकिनेछ ।
थप समाचार
-
मुख्यमन्त्री बहादुरसिंह लामाको राजीनामा तयारी, देउवाको निर्देशनपछि सत्ताबाट बाहिरिने
गाेर्खा संसारAugust 1, 2025काठमाडौं, १६ साउन । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा पदबाट राजीनामा दिन तयार भएका छन् । लामाले राजीनामा ... -
दशैं नजिकिँदै गर्दा बीपी राजमार्गको अवस्था दयनीय, पुनर्निर्माणमा जापानको सहयोग
गाेर्खा संसारAugust 1, 2025दशैं आउन अब झन्डै २ महिना मात्रै बाँकी रहँदा पूर्वी नेपाल जाने मुख्य लाइफलाइन मानिने बीपी राजमार्गको अवस्था अहिले अत्यन्तै नाजुक बनेको छ । वर्षासँगै पहिरोले बाटो बिग्रिएको छ भने कत... -
भोजपुरको टेम्केमैयुङमा २५ लाखको प्रसूति भवन निर्माण, स्थानीयलाई राहत
गाेर्खा संसारAugust 1, 2025भोजपुर, टेम्केमैयुङ–६ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ कोटमा प्रसूति भवन निर्माण सम्पन्न भएको छ। अब सामान्य प्रसूति गराउन घण्टौं लगाएर स्ट्रेचर वा डोकोमा सदरमुकाम लैजानुपर्ने ब... -
लालपुर्जाका लागि ५ हजार परिवारको संघर्ष : राजविराजमा पुनः चर्किंदै आन्दोलन
गाेर्खा संसारAugust 1, 2025राजविराज, सप्तरी । राजविराज नगरपालिकाको ब्लक र बिटौरी क्षेत्रमा झण्डै ६५ वर्षदेखि लालपुर्जाको प्रतीक्षामा रहेका पाँच हजारभन्दा बढी पीडित परिवारले पुनः आन्दोलन चर्काउने भएका छन् । ... -
रास्वपाको नयाँ पहल ‘खुल्ला आँगन’ : हरेक शुक्रबार नागरिकसँग प्रत्यक्ष संवाद
गाेर्खा संसारJuly 31, 2025काठमाडौं, १५ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिकका गुनासा, सुझाव र जिज्ञासाहरू प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यले ‘खुल्ला आँगन’ नामक साप्ताहिक संवाद कार्यक्रम सञ्च... -
६ करोड अपचलन आरोपमा मार्गदर्शन सहकारीका अध्यक्ष भक्तपुरबाट पक्राउ
गाेर्खा संसारJuly 31, 2025काठमाडौं, १५ साउन । झन्डै ६ करोड रुपैयाँ अपचलन गरेको आरोपमा मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अशोक केसीलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । रुपन्देहीको सिद्धार...