सहिदलखनमा करिव तीन करोडको लागतमा रामेश्वरी माविको भवन बन्ने

सहिद लखन गाउँपालिका वडा नम्वर ८ को रामेश्वरी माध्यमिक विद्यालयको नयाँ भवन निर्माण हुने भएको छ । चाइल्ड फण्ड जापानको आर्थिक सहयोग र एकीकरण नेपालको साझेदारीमा संचालित सामुदायिक विद्यालयको सिकाई वातावरण सुधार परियोजना अन्तर्गत भवन निर्माण हुन लागेको हो ।

दुई करोड ७१ लाख ९८ हजारको लागतमा चार कोठे भवन निर्माण हुने परियोजना अधिकृत ईश्वर घिमिरेले बताए । कक्षाकोठा व्यवस्थापन सहित खानेपानीको धारासमेत जडान हुने उनले जानकारी दिए । एक बर्षसम्म संचालन हुने परियोजनाको कुल लागत ३ करोड ६९ लाख ९८ हजार रहेको छ । परियोजना अन्तरगत विद्यालयको भवन निर्माणसँगै पालिकाभित्रका चारवटा विद्यालयका शिक्षकलाई बाल केन्द्रित शिक्षण सिकाई सम्बन्धी प्रशिक्षण समेत दिइने बताइएको छ । सामुदायिक विद्यालयको सिकाई वातावरणमा सुधार ल्याउने उद्देश्य रहेको परियोजनाले जनाएको छ ।

मंगलवार पालिकाको प्रशासनिक भवनमा भएको परियोजना अभिमुखिकरण बैठकमा परियोजनाबारे जानकारी गराइएको थियो । बैठकमा बोल्दै पालिका अध्यक्ष रमेश थापा मगरले जनज्योती प्रावि नाम्जुङटार र चण्डिका आधारभूत विद्यालयको संरचना निर्माणमा पनि सहयोग गरिदिन आग्रह गरेका छन् ।

मगरको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापाको प्रमुख अतिथ्यतामा भएको बैठकमा जिसस उपप्रमुख लिला परियार, गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारी, प्रमुख प्रशासकीय अधिकृत वावुराम मगर, वडा नम्वर ७ का अध्यक्ष शरण श्रेष्ठ, वडा नम्वर ८ का अध्यक्ष बासुदेव ढकाल, गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र खनाल, एकीकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटा लगायतको सहभागिता रहेको थियो .

Source: Daraudi online

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.