अत्यन्तै दुखद खबरः ताक्लुुङमा भएकाे जीप दुर्घटनामा परि ५ जनाको घटनास्थलमै मृत्यु

गोरखाको शहिद लखन गाउँपालिका वडा नं. ५ स्थित ताक्लुङको सिलिङखोला भन्ने स्थानमा मध्यरातमा जन्ती बोकेर फर्कदै गरेको टाटा योद्धा गाडी दुर्घटनामा परेको छ । गाउँपालिकाकै वडा नं. ३ स्थित सिलिङकोटमा जन्ती आएर ताक्लुङ पोखरीछाप फर्कदै गरेको गाडी ७ गते राति करिब साढे १२ बजेतिर सिलिङ र डाँडबारी बिचको अमलडाँडा भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि ५ जनाको घटनास्थलमै मृत्यु भएको र १३ जनाको राति नै उद्दार गरि उपचारका लागि तनहुँको आँबुखैरेनी पठाईएको घटनास्थलबाट स्थानीय रेशम रानाले जानकारी दिए । उनका अनुसार दुर्घटनास्थलमा अझै पनि उद्दारकार्य जारी रहेकोले घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

दुर्घटनास्थलमा अहिले प्रहरी चौकी मनकामनाबाट खटिएको प्रहरी टोली र स्थानीयले घाइतेहरुको उद्धार गरिरहेको छ भने २ जनालाई भिरबाट सकुशल उद्दार गरिएको छ ।

रातको समयमा पानी परिरहेको हुदाँ ग्रामीण कचची सडकमा गाडी दुर्घटना भै सडकबाट करिब २ सय मिटर तल गाडी खसेको हो । अहिले जिल्लाबाट उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ जादैछ ।

 

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.