Gorkha Sansar

चीनबाट १ सय ३० यात्रु बाेकेर पोखरा विमानस्थलमा पहिलाे अन्तराष्टिय उडानकाे रूपमा बिमान अाउँदै

पोखरा–

चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर अाज पाेखरा अन्तराष्टिय बिमानस्थलमा पहिलाेपटक १३० यात्रु अाेर्लंदै छन् । 

पाेखरा बिमानस्थलकाे उदघाटनपश्चात पहिलाेपटक अाज चीनबाट साे बिमान पाेखरा अाउन लागेकाे बताइएकाेे छ । उक्त जहाज चीनकाे ‘सिचुवान एयरलाइन्स’ काे हाे । 

 चार्टर्ड उडान भरेर नेपाल आउन लागेको सो जहाज आज बिहान (६ गते)  साढे ९ बजे पोखरा विमानस्थलमा अवतरण हुनेछ । 

 यही असार ८ र ९ गते पोखरामा सञ्चालन हुने दक्षिण एसियामा नै  पहिलोपटक पोखरामा आयोजना गरिन लागिएको ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुन चिनियाँ खेलाडी उक्त उडानमार्फत अाउन लागेका नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभएकाे छ ।  साेही उडानमार्फत राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमेत अाउने कार्यक्रम रहेकाे बताइएकाे छ । 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.