Gorkha Sansar

असार १ गतेदेखि पालुङटारका घाटहरूमा उत्खनन गर्न नपाइने

गोरखा, ३२ जेठ ।

पालुङटार नगरपालिकाले असार १ गतेदेखि  असोज १ सम्म नदीजन्य पदार्थ उत्खनन्मा निषेध गरिएको छ ।

बिहीबार एक सूचना जारी गर्दै पालिका भित्र रहेको सम्पूर्ण नदि, खोला खोल्सबाट ढुंगा, गिट्टी, बालुवालगायत नदीजन्य पदार्थ उत्खनन् गर्न निषेध गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिनुभएकाे हाे ।

नदीजन्य पदार्थ उत्खनन्को काम वर्षमा ९ महिना मात्रै गर्न पाउने कानुनमा उल्लेख गरिएको छ । सोही बमोजिम तीन महिनाका लागी उत्खनन्मा निषेध गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

‘वर्षमा तीन महिना चाँही नदीजन्य पदार्थ उत्खनन् गर्न नपाउने कानुन छ’ उहाँले भन्नुभयो, ‘हामीले वर्षा याममा नदीको बहाव बढ्ने, भेल आउने, बाढी आउने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गरेर भोलीदेखी तीन महिना सम्म उत्खनन्मा निषेध गरेका हौं ।’

प्रमुख प्रशासकीय अधिकृत भण्डारीका अनुसार यस अघि नै उत्खनन्, डम्पिङ तथा घाटगद्यदी गरेर राखेका नदीजन्य पदार्थहरु भने प्रयोग गर्न पाउने बताउनुभयो । सूचनाको अवज्ञा गरिएको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने नगरपालिकाले जनाएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.