गोरखामा संचालित जिल्लास्तरीय खुल्ला शिक्षक हाजिरीजवाफ प्रतियोगिता गण्डकी गाउँपालिकाले जितेको छ ।

गोरखामा संचालित जिल्लास्तरीय खुल्ला शिक्षक हाजिरीजवाफ प्रतियोगिता गण्डकी गाउँपालिकाले जितेको छ । शिक्षा विकास तथा समन्वय इकाइ गोरखाद्वारा शनिबार र आइतबार विद्यार्थी वक्तृत्वकला, शिक्षक हाजिरीजवाफ तथा शिक्षक–विद्यार्थी नृत्य प्रतियोगिता संचालन भएको थियो ।

दुईदिनसम्म संचालन भएको शिक्षक हाजिरीजवाफ प्रतियोगितामा गण्डकी गाउँपालिका प्रथम भएको छ । गण्डकी गाउँपालिकाको तर्फबाट सहभागी भवानी मावि मकैसिङका सुजन सुनार विक, भवानी मावि दर्वुङका नरेन्द्र विक, ज्ञानमार्ग मावि घ्याल्चोकका मेघनाथ रेग्मीको टिम प्रथम भएको हो ।

प्रतियोगितामा शक्ति मावि पाटेचौरका विष्णुहरी वाग्ले, दीपा धौराली, तिलकजंग केसीको टिम दोस्रो भएका छन् । रत्नलक्ष्मी मावि डुम्रीडाँडाका अनिल लामिछाने, चुडामणि सापकोटा, सुरज रेग्मीको टिम तेस्रो भएको शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका प्रमुख सुवास आचार्यले बताए ।

त्यस्तै, जिल्लास्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगितामा महालक्ष्मी माविका लक्ष्मीबजारका आरती गुरुङ प्रथम, सरस्वती मावि आहालेका लक्ष्मी श्रेष्ठ दोस्रो र महेन्द्र माविका कुन्दुरका सन्दिप लामा तेस्रो भएका छन् ।

जिल्लास्तरीय खुल्ला विद्यार्थी नृत्य प्रतियोगितामा महालक्ष्मी मावि लक्ष्मी बजार प्रथम, दीर्घेश्वर मावि फुजेल दोस्रो र विन्द्यावासिनी मावि नारेश्वर तेस्रो भएको आचार्यले जानकारी दिए । त्यस्तै, शिक्षक नृत्य प्रतियोगितामा धर्मावती मावि चोरकाटेका वर्षा ढकाल प्रथम, सरस्वती मावि आहालेका अनुष्का श्रेष्ठ दोस्रो र विन्द्यावासिनी मावि नारेश्वरका लक्ष्मी श्रेष्ठ तेस्रो भएका कार्यालय प्रमुख आचार्यले जानकारी दिए ।

प्रतियोगिताको सम्पूण विधामा प्रथम हुनेलाई नगद रु ५ हजार, दोस्रो हुनेलाई चार र तेस्रो हुनेलाई तीन हजारसहित प्रमाणपत्र सम्मान गरिएको छ । सो प्रतियोगितामा प्रथम हुने सबै विधाका समूहले आगामी फागुन २६ गते र २७ गते पोखरामा हुने प्रादेशिक प्रतियोगितामा जिल्लाको प्रतिनिधि गरेर सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई गोरखाले जनाएको छ ।

daraudi

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.