Gorkha Sansar

बढुवा भएका शिक्षकहरूका लागि नियुक्ति बितरण

गोरखा जिल्लाका बिभिन्न विद्यालयमा कार्यरत मा वि तथा नि मा वि तह को द्वितीय श्रेणीमा बढुवा भएका शिक्षकहरूलाई आज एक कार्यक्रमका बिच नियुक्ति बितरण गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ गोरखाका प्रमुख सुवास आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
सो अवसरमा प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापाले बढुवा भएका शिक्षकहरूलाई शिक्षा क्षेत्रमा विशेष योगदान दिनुपर्ने बताउनुभएको थियो।

त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले गोरखाको शैक्षिक स्थिति बिगतमा राम्रो रहेको स्मरण गराउँदै आगामी दिनमा पनि बढुवा भएका शिक्षकहरूको बिशेष भुमिका रहने बताउनुभयो।

कार्यक्रममा   शिक्षक महासंघ गोरखाका उपाध्यक्ष उदय बहादुर भट्ट, एकिकृत अखिल नेपाल शिक्षक संगठन गोरखाका नवनिर्वाचित अध्यक्ष गणेश राज सेढाई, नेपाल शिक्षक महासंघ गोरखाका सह अध्यक्ष राजन कट्टेल, नेपाल शिक्षक संघ गोरखा अध्यक्ष शिव बहादुर थापा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए।
यसपटक गोरखा बाट माध्यमिक तहबाट ५जना र निम्न माध्यमिक तहबाट ७जना गरी कूल १२ जना शिक्षकहरू द्वितीय श्रेणीमा बढुवा भएका र उहाँ हरु सबै जनालाई नियुक्ती बितरण गरिएको इकाइ प्रमुख आचार्यले बताउनुभयो।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.