Gorkha Sansar

मित्रता माविको ५२ औं वार्षिक उत्सव एव अभिभावक मिलन समारोह भव्यताका साथ सम्पन्न ।। चर्चित गायक पशुपति शर्मा र पवन थापा मगरले सबैलाई छमछमी नचाए

आबुखैरेनी, २ फागुन ।

मित्रता माध्यमिक विधालय आबुखैरेनी-१, सत्रसय तनहुँको ५२ औं वार्षिक उत्सव एव अभिभावक मिलन समारोह मंगलबार भव्यताका साथ सम्पन्न भएको छ । विधालय व्यस्थापन समितिका अध्यक्ष ईश्वर बाबू गौलीको सभापतित्व तथा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यतामा विधालयको ५२ औं वार्षिक उत्सव एव अभिभावक मिलन समारोह भव्यताका साथ सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्मा, ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख गायत्री राज शर्मा, गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुवँर, गाउँपालिका पुर्व उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, वडा नं. १ का वडा अध्यक्ष प्रेम बहादुर गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष प्रेम बहादुर तामाङ लगाएतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा राष्ट्रिय कलाकार चर्चित लोक तथा दोहोरी गायक एवं राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपालका केन्द्रिय उपाध्यक्ष पशुपति शर्मा, चर्चित लोक दोहोरी तथा कौरा गायक पवन थापा मगरको विशेष प्रस्तुति रहेको थियो । विधालयमा अध्ययनरत गरिब तथा जेहेन्दार बिद्यार्थीहरुको लागि बिष्णु राज अधिकारीले डल्लुमाया स्मृति अक्षयकोष, पदमकुमारी पन्तले जितेन्द्र स्मृति अक्षयकोष, मणि स्मृति अक्षयकोष, साधुराम/राजेन्द्र मिश्रले रबिन्द्र पबिन्द्र स्मृति अक्षयकोष, बिनोद बाबू मल्लले लुना मल्ल स्मृति अक्षयकोष, देवेन्द्र श्रेष्ठ/महिमा श्रेष्ठले बिष्णु मोहन स्मृति अक्षयकोष, भगवानदास मल्लले कृष्ण दास मल्ल, शिव ओम मल्लले अक्षयकोष, हरि प्रसाद काराखेतीले अस्मि स्मृति अक्षयकोष, पदमकुमारी पन्त/ मनुराज पन्तले इन्द्र बहादुर पन्त स्मृति अक्षयकोष गर्नुभएको छ । विधालयको ५२ औं वार्षिक उत्सव एव अभिभावक मिलन समारोहमा बिद्यार्थीहरुद्वारा विविध सास्कृतिक कार्यक्रम तथा शैक्षिक प्रदर्शनी गरिएको विधालयका शिक्षक कमल सापकोटाले जानकारी दिनुभयो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.