आँबुखैरेनी गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७९ को उपाधि रामशाह माविलाई ।।

फागुन १, आँबुखैरेनी ।

तनहुँको आँबुखैरेनी गाउँपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७९ को उपाधि रामशाह माध्यमिक विद्यालयले जितेको छ । “स्वास्थ्यको लागि खेलकूद, राष्ट्रको लागि खेलकूद” भन्ने नाराका साथ आँबुखैरेनी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आँबुखैरेनी–३ स्थित रामशाह मावि र फ्युचर स्टार बोर्डिङ्ग स्कुलको खेल मैदानमा माघ २८ देखि फागुन १ गते सम्म भएको आँबुखैरेनी गाउँपालिका स्तरीय चौंथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा रामशाह मावि प्रथम भएको हो । गाउँपालिका भित्रका ५ वटा संस्थागत र ६ वटा सामुदायिक विद्यालय गरी ११ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा १० स्वर्ण, ६ रजत र ५ कास्य पदक गरी २१ अङ्कका साथ रामशाह माविले चौथो राष्ट्रिपति रनिङ शिल्डको उपाधी हात पारेको हो । प्रतियोगितामा मित्रता मावि आँबु–१, सत्रसय ८ स्वर्ण, ८ रजत र ३ कास्य पदक गरी १९ अङ्कका साथ दोस्रो भएको छ । फ्युचर स्टार बोर्डिङ्ग स्कुल ३ स्वर्ण, २ कास्य पदक गरी ५ अङ्कका साथ तेस्रो भएको शिक्षा शाखाका प्रमुख निर्मला कुवँरले जानकारी दिनुभयो । भलिबल, हाईजम्प, लङजम्प, ट्रिपल जम्प सटपुट, दौड, ज्याबलिङ थ्रो एथलेटिक्स विधामा गरी जम्मा २६ वटा इभेन्टहरूमा भएको प्रतियोगितामा प्रथम हुने रामशाह माविले नगद २५ हजार नगद, शिल्ड र प्रमाण पत्र पाप्त गरेको छ । दोस्रो हुने मित्रता माविले नगद २० हजार, शिल्ड र प्रमाण पत्र पाप्त गरेको छ भने तेस्रो हुने फ्युचर स्टार बोर्डिङ्ग स्कुलले नगद १० हजार नगद र प्रमाण पत्र पाप्त गरेको छ । विजयी विद्यालय र खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद शर्मा, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख गायत्री राज शर्मा, वडा नं. १ का वडाअध्यक्ष प्रेम बहादुर गुरुङ्ग, आँबुखैरेनी विकास बोर्डका सदस्य सचिव किशोर सुवेदी लगाएतले पुरस्कार वितरण गर्नु भएको थियो । प्रतियोगितामा एक्टिभ ग्रिनल्याण्ड इंग्लिस बोर्डिङ्ग स्कुलले २ स्वर्ण २ रजत, मस्र्याङ्गदी बालज्योती इंग्लिस बोर्डिङ्ग स्कुलले २ स्वर्ण, ३ रजत, ७ कास्य, कन्यादेवी माविले १ स्वर्ण, ३ रजत, छिम्केश्वरी माविले २ रजत, ५ कास्य, चन्द्रोदय माविले २ रजत, ३ कास्य, लक्ष्मी माविले १ कास्य पदक प्राप्त गरेको गाउँपालिकाले जनाएको छ । प्रतियोगिताको माघ २८ गते शनिबार एक समारोहका बीच गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातयात व्यवस्था मन्त्री हरि बहादुर चुमानले उद्घाटन गर्नुभएको थियो ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.