पालुङटार नगरपालिकामा माघ ७ गतेदेखि १० गतेसम्म सम्पन्न भएकाे दाेश्राे राष्टपति रनिङ शिल्ड अमर ज्याेति मा.वि.ले हात पारेकाे छ ।
पालुङटार नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना र भवानी मा.वि. ठाटिपोखरीको सह-आयोजनामा सम्पन्न भएकाे रनिङ शिल्ड प्रतियाेगिता माघ १० गतेका दिन नगर उप प्रमुख बन्दना पाण्डेका अध्यक्षतामा समापन गरिएकाे थियाे । समापन समाराेहमा बिभिन्न बिधामा जित हासिल गरेका खेलाडीहरू तथा बिद्यालयहरूलाइ प्रमाण पत्र समेत बितरण गरिएकाे थियाे ।
२०७९ माघ ७ गते शुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गण्डकी प्रदेश सभाका सभामुख मा. कृष्ण धिताल ज्यु ले उद्द्घाटन गर्नु भएको थियाे । प्रतियोगितामा पालुङटार नगरपालिका भित्रका सबै माध्यमिक बिद्यालयहरुले विभिन्न खेलकुदमा सहभागी भएका थिए । भलिवल, दौड, हाईजम्प, लङ जम्प आदि खेलहरु समावेश गरिएको यस प्रतियोगितामा ११ स्वर्ण ४ रजत र २ कास्य गरि कुल १७ पदक सहित अमर ज्योती जनता मा.वि. ले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै गरी जीवन ज्योती मा.वि. ले ५ स्वर्ण १ रजत र ४ कास्य सहित कुल १० पदक सहित दोश्रो स्थान हासिल गरेको छ ।