गोरखामा जंगलमा लुकिपिछी जुवा खेलीरहेका ४ जना पक्राउ

गोरखा, ५ माघ ।

जंगलमा लुकीछिपी अबैधरुपमा जुवातास खेलिरहेका बेला आज प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठाँटी पोखरीबाट खटिएको प्रहरीको टोलीले पालुङटार नगरपालिका वडा नम्बरं.३ सिउडेनी जंगलमा उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा पालुङटार नगरपालिका–५ घर भएका ७० बर्षका ईश्वरी प्रसाद न्यौपाने, ४२ बर्षका जयराम राजभाट, वडा नम्बर ३ घर भएका ६२ बर्षिय कृष्ण बहादुर बोगटी र ४२ बर्षका जानु मोहम्मद रहेको प्रहरीले उहाँले बताउनुभयो । गोप्य सूचनाका आधारमा हारजित हुने गरी जुवातास खेली रहेको अवस्थामा जुवाको खालबाट नै उनिहरुलाई नियन्त्रणमा लिइएको डिएसपी लामिछानको भनाई छ ।

पक्राउ परेकाहरुको साथबाट नगद ४७ हजार ४ सय ७० रुपैया सहित म्याट्रेस, कम्मल, तास समेत बरामद गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका चारै जना विरुद्ध जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसूर मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.