गोरखा २४, फागनु ।
गोरखामा ९० बर्षिया एक बृद्धाले पनि कोरोना बिरुद्धको खोप लगाएका छन् । जिल्लाको गोरखा नगरपालिकाका ९० वर्षका आइते कुमालले तारानगर स्वास्थ्य चौकिबाट कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य चौकिका कर्मचारिहरुले घर घर पुगेर खोप लगाउने वृद्धहरुको नाम सङ्कलन गरेका थिए ।
कामको हतार छ खोप लगाइदिनुस भन्दै आएका कुमाल खोप लगाएसँगै घाँस काट्नका लागि दरौदि फाँट स्थित खेतमा गएका स्थानिय धनमाया कुमालले बताइन। उनले भनिन आइते धेरै बलियो छ, उमेरले बुढो भए पनि उ घरको सबै काम गर्दै आइरहेको छ ।
स्वास्थ्य चौकीमा भएको खोप कार्यक्रममा आज ३६ जना महिला र ३६ जना पुरुष गरी ७२ जनाले खोप लगाएका अ हेव हरिमानसिँ बस्नेतले जानकारी दिए ।