१४ असार
गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका मा आज रोटा खोप सम्बन्धी खोप कार्यकर्ताहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पालुङ्टार नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न अभिमुखीकरण कार्यक्रम स्वास्थ्य शाखाका प्रमुख कृष्ण अधिकारीको अध्यक्षतामा सञ्चालन भएको थियो । स्वास्थ्य शाखाका दिपेन्द्र गिरी तथा सृष्टि थपलियाको उपस्थितिमा सम्पन्न कार्यक्रममा नगरपालिका भित्रका स्वास्थ्य संस्थामा कार्यरत २० जना खोप कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय गोरखाका खोप निरीक्षक ऋषिराम खत्रीले सहजीकरण गर्नुभएको थियो ।
यसअघि जन्मेदेखि १५ महिनासम्मका बालबालिकाहरुका लागि ११ प्रकारका बिभिन्न खोपहरु लगाउने गरिएकोमा नेपाल सरकारले आगामी आर्थिक बर्षदेखि रोटा खोप पनि सञ्चालन गर्ने तयारी गरिरहेकको छ ।
रोटा भाइरसका बिरुद्ध दिइने यस खोपबाट बालबालिकाहरुलाई झाडापखाला रोकथाम नियन्त्रण हुने बिश्वास लिइएको छ । अहिले बिश्वमा ५ वर्षमुनिका ८ प्रतिशत बालबालिकाको रोटा भाइरसका कारण मृत्यु हुने गरेको तथ्याङ्क रहेको छ ।
कार्यक्रममा रोटा खोपको परिचय, यसको महत्व तथा यो खोप लगाउन नहुने जस्ता महत्वपूर्ण बिषयमा छलफल गरिएको थियो ।
पालुङ्टारमा रोटा खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
Facebook Comments Box