मिर्कोट माविमा सञ्चालन भएको ब्याडमिन्टन प्रतियोगितामा जीवनज्योति मावि प्रथम

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर १० स्थित मिर्कोट माध्यमिक विद्यालयमा सञ्चालन भएको शिक्षकहरूको ब्याडमिन्टन प्रतियोगितामा जीवनज्योति माध्यमिक विद्यालय प्रथम भएको छ।

पौष ३ गते विद्यालयको प्राङ्गणमा भएको प्रतियोगितामा नगरपालिका भित्रका पाँच र बारपाकसुलीकोट गाउँपालिकाको एक विद्यालय गरी ६ विद्यालयका १० टिमको सहभागिता रहेकोमा सबै टिमलाई पछाडि पार्दै जीवनज्योति माध्यमिक विद्यालयका दीपक थापा र दिपक ओलियाको जोडीले प्रथम स्थान हासिल गरेका हुन् प्रथम स्थान हासिल गरेसँगै नगद रु १० हजार प्रमाणपत्र र मेडल समेत हात पारेका थिए। त्यस्तैगरी बारपाक सुलिकोट गाउँपालिका स्थित माझ थर माध्यमिक विद्यालयको जोडीले द्वितीय स्थान हासिल गरी नगद रु १० हजार प्रमाणपत्र र मेडल हात पारेका थिए भने पालुङटार ५ स्थित भवानी माध्यमिक विद्यालयको जोडीले तृतीय स्थान हासिल गरी नगद रु ३ हजार प्रमाणपत्र र मेडल हात पारेका थिए।

सहभागीहरूलाई विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको समेत उपस्थितिमा पालुङटार नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष रिखीराज धौरालीले प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभएको थियो।

मिरकोट माध्यमिक विद्यालयले विभिन्न समयमा यस्ता विभिन्न खेलकुदका गतिविधिहरु सञ्चालन गर्दै आइरहेको पनि छ।

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.