छिमेकीको घरबाट नगद रकम चोरी गरी फरार अभियुक्त पक्राउ

गोरखा, पौष २ गते॥
गोर्खाको पालुङ्टार नगरपालिका वडा नं ७ च्याङ्ली बाट नगद चोरी गरी फरार भएको एक व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ।
गत मङ्सिर २८ गते बिहान करिब ७ बजेको समयमा पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित विष्णुमाया श्रेष्ठको घरबाट नगद रु १ लाख१ हजार चोरी गरी फरार भएको भनिएको वर्ष २२ को काले भन्ने राजु परियारलाई आज अस्थायी प्रहरी पोस्ट च्याङ्ली बिरुवाटारको टोलीले पक्राउ गरेको हो।
विष्णुमाया श्रेष्ठ ले आफ्नो घरमा सिरानी मुनि राखेको नगद रुपैयाँ २८ गते बिहानदेखि हराएकोले निज आरोपित राजु परियारमाथि शङ्का गरी प्रहरीले खोजतलास गरिरहेको थियो । सोही क्रममा गस्ती तथा निगरानी बढाउने क्रममा निज परियार घरमा आएर लुकिछिपी बसेको हुनसक्ने आशंका गरी आज पौष २ गते रातिदेखि अस्थायी प्रहरी पोष्ट बिरुवाटार को प्रहरी सहायक निरीक्षक भूमिराज घिमिरे सहितको टोलीले निगरानी गर्दै गर्दा निजको घर बाटै बिहान सबेरै प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। नियन्त्रणपछि निज परियारलाई अस्थायी प्रहरी पोस्ट बिरुवाटारमा लगी सोधपुछ गर्दा स्वीकार गरेको र इलाका प्रहरी कार्यालय ठाँटीपोखरी सहितको रोहबरमा आजै थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गोरखा पठाइएको छ॥ निज परियार को घर श्रेष्ठको घरबाट करिब २०० मिटरको दूरीमा रहेको छ । नजिकैको छिमेकी भएको र वृद्ध विष्णुमाया श्रेष्ठ घरमा हुँदा उहाँको राखन धरणमा समेत उसले निगरानी गरी उक्त रकम चोरी भएको हुनसक्ने अनुमान गरिएको छ।
साथै परियारले उक्त नगद चोरी गरिसकेपछि मोबाइल ब्याग चस्मा लगायतका सामग्रीहरु खरिद गरेको र नगद रकम भने नभेटिएको जानकारी प्राप्त भएको छ।

यसरी यस क्षेत्र मा भएका
घटनाहरूमा सुक्ष्म अध्ययन गरी दोषीलाई पत्ता लगाई शान्ति सुरक्षा कायम गर्न प्रहरी सहायक निरीक्षक घिमिरे सहितको टोली अब्बल रहेको स्थानीयहरूले बताएका छन्।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.