डुम्रे , मंसिर २२
तनहुँको बन्दिपुर १ डुम्रेमा रहेको श्री सत्यसाई बचत तथा ऋण सहकारीको १६ औं साधारणसभा शनिबार पालुङटार ७ म्याङ्गो रिसोर्टमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारीका संघका निवर्तमान उपाध्यक्ष राजेन्द्र पियाले सहकारी संस्थाले सामान्य नागरिकको आय–आर्जनमा जोड दिन पर्ने उल्लेख गर्दै सहकारी संस्था स्थानीय बासिन्दाको सुख दुख्खको साथी बन्नु पर्नेमा जोेड दिनुभयो ।
सहकारी संस्थाका सदस्य लक्ष्मी श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रममा कोषाध्यक्ष दिलकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो भने संस्थाका सचिव संदीप खनालले सचिबको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा शिक्षा समितिका संयोजक नेक महम्मद पिया, उघोग वाणिज्य संघ डुम्रे ईकाई सभापति हेमलाल भिके लगाएतले सहकारीले आम नागरिकलाई गरेको सेवा प्रति खुशी ब्यक्त गर्नुभयो ।
संस्थाले शेयर सदस्यका छोराछोरी मध्ये एसईईमा ४ जिपिए प्राप्त गर्ने आयुष उपाध्यय र ३.७३ जिपिए प्राप्त गर्ने आस्था ढकाललाई नगद ५ हजार र सम्मान पत्र प्रदान गरिएको छ ।
२०६४ सालमा स्थापना भएकोे संस्थामा ९३८ जना शेयर सदस्य रहेको संस्थाले जनाएको छ । संस्थाको शेयर पूँजी २ करोड ९८ लाख ७८ हजार ४०० बचत र बचत ८ करोड ५० लाख ४५ हजार ८३६ रहेको छ । ऋण लगानी ९ करोड ६१ लख ७ हजार ५ सय रहेको छ भने खुद नाफा ५३ लाख ४ हजार ६७ रुपैंया र जम्मा वासलात १४ करोड १८ लाख १६ हजार ५ सय ६८ रुपैंया रहेको ब्यवस्थापक अमृत बस्नेतले जानकारी दिनुभयो ।
श्री सत्यसाई बचत तथा ऋण सहकारीको १६ औं साधारणसभा सम्पन्न
Facebook Comments Box