नुवाकोट
नुवाकोट जिल्लाको बिदुर नगर पालिकाको खम्ब क्याम्पमा एक आधुनिक केन्द्रिय कैदी बन्दी गृह ( कारावास)को स्थापना भएको छ ! यो भवनको दृश्यलाई ड्रोन क्यामराले कैद गरेको फोटोलाई हेर्दा रमितलाग्दो रिसोर्ट जस्तो देखिन्छ।अलि टाढाबाट हेर्दा उक्त भब्य संरचना के प्रयोजनमा बनेको हो भन्ने कौतुहल जाग्छ ! तर, नजिकबाट त्यहा बनेका भौतिक पुर्वधारलाइ नियाल्दा काडेतारबारको पर्खाल , सुरक्षाकर्मी सुरक्षाकर्मिको चौबीसै घन्टाको पहरेदारिले त्यो एक बन्दी गृह हो भनेर सहजै लख काट्न सकिन्छ ! यथार्थमा ,कानुनको उलंघन गरि अपराधी ठहरियका वा अपराधी हुन हैनन भनी पुर्पक्षमा रहेका ब्यक्तिहरुलाई राखिने त्यो एक केन्द्रिय बन्दी गृह हो।हुन त बालबालिकाको लागि स्तरीय बिध्यालय बनाइए,प्रोढका लागि जेल बनाउनु पर्दैन भनिन्छ ! पछिल्लो समयमा बन्दिहरुको पनि मौलिक हक अधिकारको कुरा उठेको हुनाले बन्दी गृहमा सबै प्रकारका मानबिय सेवा सुबिधा उपलब्ध गराउनु पर्ने कुरा राज्यको दाईत्व भित्र पर्दछ ! बन्दी गृह भनेको उहिलेको याताना गृह नभएर मानिसलाई सुधार गर्ने सुधार केन्द्रको रुपमा लिन थालियको हुनाले बन्दीगृहमा तमाम सुबिधाहरु उपलब्ध गराईन्छ ! यहि अभिप्रायले नै यो भवन निर्माण गरियको छ ! “बन्दीगृह “शव्दले कानुनले अपराधी ठहर्याएका वा छेकथुन गर्नु पर्नेहरुलाई बन्धक बनाउने घर हो भन्ने बुझिन्छ । परम्परागत सोच अनुसार बन्धक गरिसकेपछि बन्धक भएका व्यक्तिको शारिरिक मानसिक सामाजिक पारिवारिक आर्थिक राजनीतिक शैक्षिक सबै कुराबाट बन्द हुने भन्ने अबधाराणा थियो ! तर, अहिले मानव अधिकाराको बिश्वब्यापी अबधाराणा र प्रचलित सम्बिधान ऐन कानुन अनुसार अपराधी वा आरोपित ब्यक्तिका समेत मौलिक अधिकार संरक्षण गर्नु पर्ने अनिवार्य भएको छ !!
त्यसो त, इतिहास हेर्दा जनवरी १/१९०१ मा अष्ट्रेलियाले आफ्नो देशमा बन्दीगृह पहिलो पटक स्थापना गरेको थियो ! अस्ट्रेलिया बेलाईत सरकारको उपनिवेश रहेको हुनाले स्वतन्त्रताको आवाज उठाउने ब्यक्तिहरुलाई यातना दिने उदेश्यले बन्दीगृह स्थापना भएको थियो ! अपराधी ब्यक्तिहरुलाई समुन्द्री टापुहरुमा छोडेर कस्टर जीवन बिताउन बाध्य पारिन्थियो ! हाम्रै नेपालमा पनि कालापानी पठाउने गरिन्थियो !हालको विश्वको आकर्षक केन्द्र बनेको विशेष गरि विद्यार्थी भिषामा बिदेश जान चाहेका युवा पुस्ताको पहिलो रोजाइमा रहेको अष्ट्रेलियामा सरकारले आफ्नो नागरिक (जस्ले गैर कानुनी काम गरेको थियो तेस्ता मान्छे) समुन्द्री टापुमा लगेर यातना दिन्थे भन्दा अचम्म लाग्छ।कैदिबन्दिगृहको गलत मान्छेले आचरण सुधार गरि पहिला भन्दा राम्रो बनाउने एक पुनित उदेश्य रहेको थियो ! यसरी सुधारियका ब्यक्तिहरु पुन: समाजमा सकारात्मक मनस्थिति बोकेर पुनर्स्थापना हुन सकुन भन्ने नै हो।अर्को कुरा त्यहा रहदा उनिहरुको सर्वाङ्गिण ब्याक्तित्व बिकास होस र उसले नया जीवन प्राप्त गरोस भन्ने पनि उदेश्य थियो !
नेपाल सरकारले नुवाकोटको बिदुर नगरमा केन्द्रीय कारागारमा प्रयोग गरिने निर्णय हुन भन्दा पहिला नुवाकोटका साविकका ६१ गा बि स मध्यका एउटा गाउँ किम्ताङ गा बि स हाल म्यागङ ४ का पहिरोपिडित ४१६ घरका करिब २०८० परिवारलाई पुनःस्थापनाको लागि दाबीसमेत गरि केही समय बसोबास समेत गरेको थियो।त्यो भन्दा पहिला पुरुष बौद्धमार्गी खम्बहरुले बसिबास गरेका थिय । उक्त स्थानलाई यात्राको क्रममा बौद्ध मार्गी खम्बहरु बसोबास गर्ने थलो भएकोले खम्बक्याम्पको रुपमा समेत परिचित छ।अतितमा धर्मलम्बीको बसोबासको केन्द्र त कहिले पहिरोको जोखिममा परेर उठिबास भएका पिडितको आस्रयको केन्द्र रहेको रहेको थियो !त्यो ठाउ काठमाडौ नुवाकोट जोड्ने सडक भन्दा दुई किलोमिटरको दुरीमा रहेको यो बन्दिगृह नेपाल सरकारको आर्थिक वर्ष २०७१/०७२ को बिनियोजित स्वीकृत ४५४२९४०१७।- बजेट रकममा निर्माण शुरु भयको थियो !निर्माणको जिम्मेवारी लामा रमण जेभि निर्माण व्यबसायिले २०७३/०६/३० मा सम्झौता गरि २०८१/०४/०१ मा कार्य सम्पन्न गरेको छ।
११२० पुरुष र २८० महिला गरि १४०० कैदी बन्दीको क्षमता भएको उक्त भवन त्रिशूली नदीको तिरमा रहेको ६१४ रोपनी खेतियोग्य उर्वर जमिनमा अवस्थित छ।नेपाल सरकारको केन्द्रीय बन्दिगृहको अवधारणा मुताबिक निर्माण सम्पन्न उक्त भवनमा १ प्रशासनिक भवन/ नेपाल प्रहरी र सशस्त्र प्रहरीको लागि१/१ वटा dormitory र dining black एउटा jail unit ५ वटा/jail black जस मध्य एउटा black अन्तरगत २ वटा jail dormitory / एक वटा jail dining /एउटा jail workshop /१ वटा jail toilet / ५ वटा visitor black लगाएत१० वटा sentry post/ ८७५ मिटर लम्बाइको security wall/ ६ वटा undergraduate water tank सहित ११ वटा deep bornig system सहितको सम्पन्न निर्माण भएको यो पुर्वधार मध्यबाट स्वीकृत गुरु योजनाले निर्दिष्ट गरे अनुसार १३७० कैदीबन्दीको क्षमता भएको सुबिधा सम्पन्न भवन हो।सुबिधा सम्पन्न भन्नालेभौतिक पुर्वधार, मानवीय मनोसामाजिक सेवा सुबिधा देखि हरेक खालका फरक क्षमता भएका र विभिन्न शारीरिक मानसिक अवस्थाका कैदीका लागि प्रयोगकर्तामैत्री छ यो भवन।
भवन निर्माण सम्पन्न भएसङ्गै नेपाल सरकारका माननिय गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्य र बागमती प्रदेश सरकारका माननीय मुख्य मन्त्री बहादुर सिङ लामाको बिशेष आथित्यतामा जिल्लामा रहेका विभिन्न कार्यलायका प्रमुख एवम प्रतिनिधि , राजनीतिक दल, सन्चारकर्मी, सुरक्षाकर्मी सरोकारवालाको बिषेश उपस्थितिमा भवन उद्धाटन भयको छ ! बिबिध कार्यक्रम सहित उल्लासमय वातावरणमा भएको उद्घाटनले नुवाकोटबासिमा थप उत्साह थपेको स्थानीयबासिको भनाई रहेको छ ! सोही अबसरमा नुवाकोटको डुङ्गेमा रहेका कैदीलाई नयाँ भवनमा स्थानतरण गरिएको थियो ! २०८१/०५/१५ मा उक्त भवनको सर्वपक्षीय अनुगमन पनि सम्पन्न भयो !
नुवाकोट मा यति ठुलो रकमको सुविधा सम्पन्न कैदीबन्दी गृहको निर्माण सम्पन्न पछि हरेक क्षेत्र का मान्छेले विभिन्न कोणबाट हेर्ने गरेको पाइन्छ।
भवनको अबस्थितिलाई हेर्दा एउटै कित्ताको ६१४ रोपनी जग्गा मिल्नुले पछि यसको बिस्तार र परिमार्जनको लागि अबसर जुटेको छ ! मलिलो माटो ,सिचाईको लागि नजिकै त्रिशूली नदि बगिरहेको , उत्पादित वस्तुको बजारीकरणको लागि पनि काठमाडौं कालीपाटी बाट टोखा छहरे सडकको दुरी जम्मा ४८ किलोमिटर मात्रै रहेकोले थप अवसर प्राप्त छ।सडकसन्जाल नजिकै ,धान गहुँ, मकै र आलुबाली मात्रै होइन तरकारीजन्य नगदे बालि उत्पादन हुने निश्चित छ! सिमेन्ट रड बालुवाको प्रयोगगरि मानबिय शक्तिलाई कैदीको नाममा इटाको गारो भित्र राख्ने ठाउ बनेको छ।यस्तो श्रोत र साधनको सदुपयोग भयो कि भएन भन्ने कुरामा आ आफ्नै दृस्ठिकोण रहेको पाइन्छ।।
सुबिधा सम्पन्न भवन बनाउनको उदेश्य चाहि कैदीबन्दि गृहको क्षमता भन्दा कैदीको सङ्ख्या धेरै भएर थप भवन बनाउन परेको र नया भवनमा सुविधा राम्रो हुने बसाइ सहज हुने किसिमको सम्रचना बनाएको भन्ने देखिन्छ तेसो त कैदी को फिक्स कोटा पनि त काहा छ र? कैदी बन्दी गृहको क्षमता अनुसार कैदीलाई कैद गर्ने पनि होइन ।कैदि सङ्ख्याको वृद्धिको कारण र धेरै कारकतत्वहरु हुने गर्दछ।
भवन उद्घाटनको दिनमा त्यो ठाउमा पुगेका नुवाकोट बासी र नुवाकोट बाहिरका माहानुभावहरुले एक अर्कामा खुशि साटासाट गर्दै बधाई दिएका थिय ।केही ब्यक्ती जग्गाको भाउ सोधिरहेका थिय कसैले क्यान्टिन राख्ने ठाउ खोजिरहेको द्र्खिन्थियो ,कसैले स्थानीयलाई सरफाइ गर्ने काम पाइन्छ भन्दै थिए, यी र यस्ता कुराले यो भवनको निर्माणसङ्गै अनेक रोजगारीको अवसर पनि सिर्जना गरेकी अनुभुती भएको छ ।यश ठाउको व्यापक प्रचारप्रसार हुनेछ !व्यापार व्यबसायको प्रबर्द्धन हुँदै फस्टाउने छन।आन्तरिक प्रयटनको अभिबृदी हुनेछ र नुवाकोटको चिनारी कायम हुने छ ! यो केन्द्रीय कैदी बन्दी भएकोले ७७ जिल्लाका कैदीबन्दी याहा आउने र उनिहरुका आफन्तजनको आगमन हुनाले याहाको चहलपहल र रौनक बड्ने छ ! ७७ जिल्लाकै मान्छेको आउजाउ हुनाले देश र विभिन्न प्रदेशको धार्मिक ,सास्कृतिक सम्पदाको आदानप्रदान हुनेछ ! भषिक भौगोलिक एकीकरणको महसुस हुनेछ ! यो भवनको निर्माणले नुवाकोट र नुवाकोटबासीले याहाका स्थानीय उत्पादनमा विशेष जोडदिनुपर्ने देखिन्छ ।बन्दी गृहमा रहेका मान्छेका लागि आबस्याक खाध्यान्न लत्ताकपडा बन्दोबस्ती का सामान नुवाकोटकै उत्पादनले पुर्याउनु र बाहिरबाट नुवाकोट आएका मान्छेले नुवाकोटको स्थानीय विशेष सामाग्री लिएर जान पाउने वातावरण बनाएमा छुट्टै आम्दनी सहित हाम्रो पहिचान दशैभरि प्रसारित हुनेछ। त्यसैगरि नुवाकोटको मौलिक सास्कृतिक सम्पदाको ,हाम्रो सस्कारको व्यापक प्रचार हुनेछ!यसको माध्यामबाट नुवाकोटको समृद्धिमा टेवा पुग्ने निश्चित छ ! नुवाकोटको बिषेशता र आफ्नोपनलाई सुवाषित गर्ने अवसर र पर्यटकीय क्षेत्रको स्थापित गर्न गराउन पनि यो भवन एक महत्वपूर्ण आधार बन्ने छ।
हुन त जेल बनाउनु भनेको जाल र झेलको आचरण हुने मान्छेको आचरण सुधार होस र दण्ड सजय र बन्धक बनाएपछि त्यसको सकारात्मक सिकाइ अरुले गरोस र कम भन्दा कम मानिस मात्रै जेल जान परोस भन्ने हो।अन्तराष्ट्रिय अभ्यासलाई हेर्दा आइसल्यण्डमा जेल अर्थात बन्दी गृह छैन ।नेदरल्यान्डको जेलमा कैदी नै छैन ।सबै जेलहरु खाली छन।तेसैले हामीले ठुलो धनराशी खर्च गरेर जेल बनाउन भन्दा लोभ , क्रोध , मोह,रीस , डाहा,महात्वकाङ्क्क्षा,आबेश अनि आक्रोषलाई नरम बनाउन त्यो लगानी गर्नु पर्ने हो! शिक्षा क्षेत्रमा विद्यलाय , विश्वविद्यालय बनाएर ज्ञानमा , नैतिकतामा धर्ममा , ध्यानयोगमा लगानीगरि मानव आचरण सुधारगरि अपराधिक मनोरोगलाई न्युनीकरण अनि निर्मुल गर्नका लागि नेपाल सरकार र सरोकारवालाको ध्यान जानुपर्ने देखिन्छ ।बन्दीगृह बनाउनु गौरव नभइ एक अपरिहार्य बाध्यता पो होकि ?