गोरखा, १० असोज । जापानिज ईन्सेफ्लाईटिसको कारण गोरखामा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–१२ स्थित दशकिलो घर भएकसी राधिका कुमाललको उपचारको क्रममा चितवनमा मृत्यु भएको उहाँका आफन्तले जानकारी दिएका छन् ।
भाद्र १६ गतेदेखी बिरामी परेका कुमाल २७ गते चेकजाँच क्रममा जापानिज ईन्सेफ्लाईटिस पु्ष्टी भएको थियो । उहाँको गोरखामा उपचार हुन नसकेपछी चितवनको पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो । कुमालको उपचारकै क्रममा आज बिहान ७ः३० बजे ज्यान गएको स्थानिय गणेश बानियाँले जानकारी दिनुभयो ।
कुमाल लायन्स क्लब अफ तारानगरको प्रथम उपाध्यक्ष, आदीबासी जनजाती महिला महासंघ जिल्ला समन्वय परिषद गोरखाको सचिव तथा नेकपा माओवादी केन्द्र गोरखा नगरपालिका नगर कमिटी सदस्य समेत हुनुहुन्छ । उहाँ आबद्व सबै संघ संस्थाहरुले विज्ञप्ती निकालेर संस्थालाई अपुर्णिय क्षती पुगेको भन्दै श्रद्वाञ्जली ब्यत्त गरेका छन् ।