गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली मा एस ओएसकोआयोजनामा परिवार सबलीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
पालुङटार नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एसओएस परिवार सबलीकरण कार्यक्रम गण्डकीका कार्यक्रम इन्चार्ज राजेन्द्र रेग्मीले एसओएस को परिचय तथा यसले गर्दै आएका गतिविधिहरूको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो त्यस्तैगरी कार्यक्रम गण्डकीका कार्यक्रम अधिकृत प्रकाश भुसाल ले बालबालिका मैत्री समाज निर्माणका लागि आवश्यक पर्ने विभिन्न ५१ वटा सूचकहरूका बारेमा जानकारी सहित प्रस्तुतिकरण गर्नुभएको थियो।
वडा कार्यालयकी सचिव सोबिता पन्तले सञ्चालन गर्नुभएको सो कार्यक्रममा च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डे महिला स्वास्थ्य स्वयंसेविका वडाका जनप्रतिनिधि स्थानीय बासिन्दा बाल क्लबका सदस्यहरू च्याङ्ली सामुदायिक सिकाई केन्द्रका अध्यक्ष रविन्द्र कडेल लगायतकाको उपस्थिति रहेको थियो। एसओएसले पालुङटार नगरपालिका वडा नम्बर ७ का करिब ३५ घरधुरीमा विगत केही वर्षअघिदेखि परिवार सबलीकरण कार्यक्रम अन्तर्गत सहयोग गरिरहेको छ ! त्यस्तैगरी पालुङटार नगरपालिका वडा नम्बर ८ मा पनि कार्यक्रम सञ्चालन गरिरहेको कार्यक्रम अधिकृत भुसालले जानकारी दिनुभयो । एसओएस यस गण्डकी अन्तर्गत फ्यामिली लाइक केयर स्मल ग्रुप होम डाइरेक्ट फ्यामिली इम्पारमेन्ट एजुकेसन कम्युनिटी बेस लगायतका क्षेत्रमा काम गर्दै आइरहेको छ