बन्दीपुरको ज्यामिरे स्वाँरामा महाशिवरात्रिको अबसरमा भलिबल प्रतियोगिता हुने

प्रतीक गुरुङ
बन्दिपुर : तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ६ स्थित ज्यामिरे स्वाँरामा महाशिवरात्री पर्वको अवसरमा दोस्रो श्री सिद्धकप २०८१ गाउँस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।
प्रतियोगिताका लागि टिम दर्ता फागुन ५ गतेदेखि १३ गतेसम्म खुला रहनेछ भने खेल फागुन १४ गतेदेखि सुरु हुने आयोजक समितिले जनाएको छ। प्रतियोगितामा सहभागी टिममा ६ खेलाडी र ३ अतिरिक्त खेलाडी हुनुपर्नेछ।प्रथम हुने टिमलाई रु। ३०,००० नगद, मेडल, ट्रफी र प्रमाणपत्र, द्वितीय हुने टिमलाई रु। २०,००० नगद, मेडल, र प्रमाणपत्र, तथा तृतीय हुने टिमलाई रु। १५,००० नगद, मेडल, र प्रमाणपत्र प्रदान गरिनेछ।
त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ। बेस्ट स्पाइकर, बेस्ट लिफ्टर र अनुशासित खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगिता सफल बनाउन खेलप्रेमीहरूलाई सहभागी हुन आयोजकले आह्वान गरेको छ।
महाशिवरात्री पर्वको अवसर पारेर आयोजना गरिन लागेको यो प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई प्रोत्साहन गर्नुका साथै खेलकुद प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने क्लबका अध्यक्ष चिजकुमार गुरुङले बताए

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.