जंगलमा रुख काट्न गएका १ पुरुषको भिरबाट लडेर मृत्यु

गोरखा १६, माघ ।

गोरखाको उत्तरी क्षेत्रमा जंगलमा रुख काट्न गएका १ पुरुषको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको धार्चे गाउँपालिका ३ को डुङलाका ३३ बर्षिय पुरुष पुरमान गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शुक्रबार घरबाट जंगलमा रुख काट्न गएका गुरुङको बिच बाटोमा पर्ने तारबाङ भिरमा पुग्दा लडेर मृत्यु भएको हो । गुरुङको मृत्त शरिर भिरको ४०० मिटर तल फेला परेको थियो ।

गुरुङ लडेको भन्ने जानकारी पाए लगत्तै प्रहरी र स्थानिय उत्त स्थानमा पुग्दा ४०० मिटर तल उनको मृत्त शरिर फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो ।

शुक्रबार भएको उत्त घटना प्रहरी शनिबार मात्र जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । लडेर मृत्त अवस्थामा फेला पारेका स्थानियले वडाध्यक्ष मार्फत प्रहरीमा खबर गरेका थिए ।

मृत्तक गुरुङको टाउको र शरिरको विभिन्न भागमा गहिरो चोट देखिएको छ । उनको शव पोष्टमार्टमका लागि आरुघाट स्थित स्वास्थ्य केन्द्रमा ल्यार्ईको पनि गोरखा प्रहरीले जनाएको छ ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.