काेशिशकाे १ दिने बिद्यालय मानसिक स्वास्थ्य प्रवर्दन कार्यक्रम सम्पन्न

गाेरखा, मंसीर ८

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा रहेकाे जीवन ज्याेति माध्यमिक विद्यालयमा १ दिने विद्यालय मानसिक स्वास्थ्य प्रवर्दन कार्यक्रम सम्पन्न भएकाे छ ।

मंगलबार बिद्यालयमा सञ्चालन भएकाे कार्यक्रममा बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरूलाइ छुट्टा छुट्टै प्रशिक्षण प्रदान गरिएकाे थियाे ।

कार्यक्रममा काेशिश राष्ट्रिय मानसिक स्वस्थ्य स्वबलम्बन संगठन पालुङटार कार्यालयका मनोबिद सरस्वती मिश्र, मनो समाजिक कार्यकर्ता बिषिन घिमिरे, दुर्गा गिरी लगायतकाले प्रशिक्षण प्रदान गरेका थिए ।

बिद्यालय तहमा खासगरी विद्यार्थीहरूमा देखा पर्न सक्ने मानसिक स्वास्थ्य समस्याका पहिचान र त्यस्ता समस्या न्यूनिकरणमा याेगदान पुर्याउने उदेश्यका साथ नगरपालिकाका बिभिन्न ८ वटा बिद्यालयहरू कार्यक्रमकाे लागि छनाेट गरिएकाे बताइएकाे छ ।

कार्यक्रमबाट बिद्यालयका शिक्षक रबिन्द्र कंडेल संरक्षक रहने गरी २ वटा  इमाेशनल शेयरिङ क्लब काे गठन गरिएकाे छ । जसअन्तर्गत पहिलाे क्लबकाे अध्यक्षमा मेलिना परियार, काेषाध्यक्षमा दिवश कुमाल र सचिवमा सञ्चिता श्रेष्ठ रहेका छन । त्यस्तै गरी दाेश्राे क्लबकाे अध्यक्षमा बिशाल कुमाल, काेषाध्यक्षमा अारती मगर र सचिवमा बिक्रम कुमाल रहेका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.