दमौली , १३ असोज ।नेपाली कांग्रेसका तनहुँका युवा नेता डम्बरबहादुर अधिकारीले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।
युवा नेता अधिकारीले बुधबार छोरा यजस अधिकारीको जन्मदिनको अवसर पारेर दमौली अस्पतालमा पिपिई लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन । युवा नेता अधिकारीले दमौली अस्पतालका प्रमुख डा. सुनिल पौड्याललाई सामाग्री हस्तान्तरण गरेका थिए । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई सहयोग पुगोस भन्ने हिसाबले सामाग्री वितरण गरिएको युवा नेता अधिकारीले बताए । युवा नेता अधिकारी यस अगाडि पनि अस्पताल लगायत विभिन्न स्थानमा स्वास्थ्य सामाग्री वितरण गरेका थिए ।
युवा नेता अधिकारी केही दिन अगाडि भएको नेपाली कांग्रेस व्यास नगर सभापतिको प्रत्यासी बनेका थिए ।
काङग्रेसका युवा नेता अधिकारीद्धारा छोराको जन्मदिनमा स्वास्थ्य सामाग्री वितरण
Facebook Comments Box