गाेरखामा सुरेश वाग्ले र भीमसेन पाेखरेलकाे स्मृति दिवस मनाइयाे

गाेरखा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गाेरखा जिल्लाले आज सुरेश वाग्ले र भीमसेन पाेखरेलकाे स्मृति दिवस मनाएकाे छ । जिल्ला  पार्टीको आयोजनामा भएकाे स्मृतिसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जिल्ला समन्वय समितिका इन्चार्ज कृष्ण धितालले सहिदहरुले देखाएको बलिदानको बाटोलाई कहिल्यै भुल्न नहुने बताए ।  १० बर्षे जनयुद्धको जगमा नेपालमा जनवादी क्रान्तिकाे आधार तय  भएको र देश समाजवादी क्रान्तिको दिशामा अघि बढेको उनकाे भनाइ छ । जनयुद्धले देखाएकाे बाटाेबाट देश अघि बढिरहेकाे उनले बताए । निर्वाचनमा हारजीतकाे पाटाे अलग रहेकाे दावी गर्दै माओवादीकाे लाइनमा देश अघि बढिरहेकाे उनले बताए ।

“सहिदको बलिदानको पाठलाई नयाँ ढंगबाट सिकेर अघि बढ्नुपर्ने बेला आएको छ, उनले भने ।  “ देश सामाजिक क्रान्तिको दिशामा अघि बढेकाले समाजवादको दिशामा हिड्न सकेमात्र शहिदहरुकाे सपना साकार हुनेछ उनले भने ।”

स्मृतिसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका गोरखा जिल्ला समन्वय समितिका अध्यक्ष लेखबहादुर थापाले सहिद सुरेश वाग्ले (बासु) को लगायतका जनयुद्धका  सहिदहरुको बलिदानमा देशमा गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता प्राप्त भएको बताए ।

सहिदको बलिदानीको जगमा टेकेरे नेपाली कम्युनिष्ट आन्दोलनलाई अझ शसक्त बनाएर लैजानु पर्ने अहिले आवश्यकता भएको भन्दै त्यसबाट मात्र सहिदहरु प्रति सच्चा सम्मान हुने उनकाे भनाइ छ ।

अध्यक्ष थापाले सहिद सुरेश वाग्ले ‘बासु’ र भिमसेन पोखरेल ‘बैरागी’ ले देखाउनु भएको क्रान्तिको बाटोमा अविचलित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । गोरखा सदरमुकाममा भएको कार्यक्रम पार्टीका अध्यक्ष थापा आफैले सञ्चालन गरेका थिए ।

बि.स २०५६ साल भदौ २३ गतेका दिन बिरामी अबस्था रहुन भएका नेता वाग्लेलाई पार्टी कामका शिलशिला रहनु भएका बेला गाँखु गा.वि.समा प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको थियो । २०४७ सालदेखि शिक्षण पेशा छोडेर राजनीतिमा कम्युनिष्ट राजनीतिमा होमिनु भएका नेता वाग्ले माआवादीले जनयुद्धको थालनी गरेसंगै भूमिगत भएका तिए

१७ बर्षसम्म शिक्षण सेवामा बिताउनु भएका नेता वाग्ले पार्टी भित्र बैचारिक, सांगठनिक र दृढ संकल्प भएको नेताका रुपमा स्थापित थिए। कार्यक्रममा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।

मनासलु डट कम बाट साभार

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.