शैलेश खाती, तनहुँ ।
तनहुँको बन्दिपुर गाउपालिका वडा न २ र वडा न ४ मा राहत बितरण गरिएको छ ।
नेपाली कांग्रेसका युबा नेता सुरेश भट्टराईको पहलमा वडा न २ को मोहरिया दलित बस्ति,मुचुक पौवा , मादी भञ्ज्याङ् ,हल्थुम्का र वडा न ४ को तामाङ डाडा , भुमर्शे लुङेलीमा गरि करिब ९८ घर धुरीलाई राहत बितरण गरिएको हो ।
करिब ९८ घरधुरीका प्रत्येक परिवारलाइ एक बोरा चामल एक पोका तेल र एक पोका नुन समेत गरेर करिब एक लाख पचास हजार बरा वर रुपैयाँको राहत बितरण गरिएको युबा नेता भट्टराईले बताउनुभयो
सो राहत बितरण कार्यक्रममा कांग्रेस तनहुँका जिल्ला सदस्य बिपिन गुरुङ, कांग्रेस क्षेत्र न १ का क्षत्रीय प्रबक्ता राजु बानिया, कांग्रेस युबा नेता अनिल भट्टराई, नारायण खड्का , ध्रुब केसि ,कांग्रेस बन्दिपुरका पार्टीका सचिब बैँस गुरुङ , बन्दिपुर तरुण दल अध्यक्ष शिशिर मगर तरुण नेता मङल गुरुङ, कर्ण बहादुर गुरुङ, महाधिवेशन प्रतीनिधि राजु बिक्रम भन्डारी ,दलित नेता तिर्थ नेपाली, वडा न २ का सभापति गोकर्ण बानिया र बन्दिपुर पर्यटन बिकास समितिका अध्यक्ष किसान प्रधान लगायतको सहभागिता रहेको थियो ।