स्कुल अफ डेमोक्रेसी तनहुँको पहलमा व्यास-२ निवासी इन्जिनियर सुजन बिस्टले व्यास नगरपालिका–११ पोल्याङ बसन्त टोलका एक अपाङता भएका परिवारलाई रु ५ हजार सहयोग गरेका छन।
सो रकम आज उनी बस्दै आएको स्थान व्यास ११ पोल्याङमा पुगेर सहयोग गरिएको हो । सहयोग रकम स्कुल अफ डेमोक्रेसी तनहुँका अध्यक्ष डम्बर अधिकारी मार्फत हस्तान्तरण गरिएको हो ।
४० वर्षीया सुकमाया आलेले मेलापात गरेर परिवार धान्दै आए पनि अहिले उनी प्यारालाइसिस भएपछि परिवारमा समस्या भएको छ। मेलापात गरेर अपांगता भएका श्रीमान् र दुई साना छोरी पाल्दै आएकी थिइन्। हाल उनी आफैं प्यारालाइसिस भएपछि उनको परिवारको जिविकोपार्जनका लागि समस्या थपिएको छ।
आर्थिक अवस्था कमजोर भएकी सुकमाया आफैं प्यारालाइसिसको रोगी हुन पुगिन्। आफैं हिँड्डुल गर्न नसक्ने भएपछि उनका ५ र १२ वर्षीया दुई छोरीले पेटभरि खानसमेत पाएका छैनन्।
जेठ ३ गते अचानक बेहोस भई ढलेपछि उनीमा प्यारालाइसिस भएको चिकित्सकले बताएको उनका श्रीमान् टोलबहादुर आलेले बताए। त्यसयता उनको शरीरको कुनै पनि अंग नचल्ने भएको छ। सुकमाया परिवार भूमिहीन सुकुमबासी हुन्।
सुकमायाको परिवार सोही ठाउँ निवासी कमला कैनीको घरमा भाडामा बस्दै आएका छन्। मेलापात गरेर परिवार पाल्दै आएकी सुकमाया थलिएपछि परिवार नै छिमेकीको सहयोगमा जीविकोपार्जन गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
Facebook Comments Box