महोत्तरी १६, जेठ ।
पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका दुईजना बालकको मृत्यु भएको छ । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका ९ का १० बर्षका अशिष कुमार मण्डल र उहाँका भाई ९बर्षका बालक प्रेमकुमार मण्डल खाल्डोमा जमेको पानी डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरबाट झन्डै एक किलोमिटर टाढा रहेको इँटा उद्योगले खनेको खाल्डोमा पानी खेल्न गएका दुबै बालक डुवेका थिए । घटना शनिबार अपरान्ह्र भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ