चितवनका विभिन्न अस्पतालमा पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु

चितवन : चितवनका विभिन्न अस्पतालमा पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले आज सार्वजनिक गरेको तथ्यांक अनुसार भरतपुर अस्पतालमा ३ जना, चितवन मेडिकल कलेजमा ५ जना, पुरानो मेडिकल कलेजमा ३ जना, क्यान्सर अस्पतालमा २ जना र अन्य आइसोलेसन केन्द्रमा १ जनाको मृत्यु भएको हो ।

अहिले चितवनका विभिन्न अस्पतालमा ४२३ जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा २१५ जना, भेन्टिलेटरमा ६० जना, एचडीयूमा ३९ जना र जेनरल बेडमा १६९ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार चितवनमा पछिल्लो २४ घण्टामा २०४ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये भरतपुर महानगरपालिकामा १४४, खैरहनीमा ३, माडीमा १३, रत्ननगरमा २०, राप्तीमा ९, कालिकामा १५ र इच्छाकामनामा २ जना रहेका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.