दमौली, २८ वैशाख ।
आँबुखैरेनी गाउँपालिका–४मरस्र्याङदी जलविद्युत केन्द्र नजिकै मङ्गलबार विहान ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मुग्लिङबाट आबुखैरेनी जाँदै गरेको गरेको ना३ख ९९७३ न.को ट्रक पृथ्वीराजमार्गबाट करीव १०० मिटर तल मरस्र्याङदी नदीमा खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रवक्ता मेघनाथ पौडेलले जानकारी दिए ।
ट्रकका चालक बाग्लुङको गल्कोट न.पा ८ बस्ने बर्ष ३७ को जय कंडेल सहचालक सोही ठाउँका बर्ष ३५ को मिन कंडेल को घट्नास्थलमा नै मृत्यु भएको प्रवक्ता पौडेलले बताए । घटनास्थलमा पुगेर प्रहरीले उद्धार गर्ने क्रममा उनिहरु दुवैको मृत्यु भईसकेको थियो ।
दुर्घटनमा दुई जनाको घटना स्थलमै मृत्यु
Facebook Comments Box