तनहुँकाे बन्दिपुर ५ कल्चाेक र वाचेगाउँ क्षेत्रका महिलाहरु सामाजिक काममा सक्रिय

तनहुँकाे बन्दिपुर ५ कल्चाेक र वाचेगाउँ क्षेत्रका महिलाहरु सामाजिक काममा अग्रसरता देखाउने गरेका छन् । गाउँकाे सरसफाई गर्न हाेस् वा सडककाे छेउछाउमा फलफूलका बिरुवा राेप्न हाेस् आमा समूहमा आवद्द महिलाहरु सक्रिय बनेका वडा सदस्य ठाकुरसिं थापाले बताउनु भयाे ।
“गाउँघरमा जहाँ सामूहिक समस्या देखिन्छ त्यहाँ आमा समुहलाई सहयाेगका लागि बाेलाईन्छ हामी त्यहाँ पुगेर सहयाेग र काम गर्ने चलन छ “- जनजागृति आमा समूहकी अध्यक्ष सीता थापा भन्नुहुन्छ । विद्यालयकाे फूलबारी , चाैताराे निर्माण, कार्यक्रममा पाहुना सत्कार र नाचगान, मठ-मन्दिर सरसफाइ , वृक्षाराेपण आदिमा आमा समूह सक्रिय रहेकाे दलित प्रगति समूहकी अध्यक्ष विमला विकले जानकारी दिनु भयाे ।
“विगतका दिनमा सरस्वती आमा समूहले स्वास्थ्य चाैकी नै संचालन गरेकाे भन्दै महिलाहरु एकजुट हुन सके असम्भव भन्ने कुरा केही नहुने रहेछ”- सरस्वती आमा समूहकि अध्यक्ष बलिसरा थापाले भन्नुभयाे ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.