बिमलनगर च्याङ्ली जोडने पुल निर्माण कार्य पुनः सुचारु

१४ असार
गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्ली र तनहुँको बिमलनगर जोडने पक्की पुल निर्माण कार्य आजदेखि पुनः सुचारु भएको छ ।
निर्माणको ९८ प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा स्थानीयहरुले सर्वोच्चमा मुआब्जा दाबीको लागि मुद्धा दायर गरेकाले सो मुद्धाको फैसला नहुन्जेलसम्मका लागि काम रोक्नुपर्ने माग राखेपछि गत असार ९ गतेका दिन निर्माण कम्पनी प्रतिनिधी, सडक डिभिजन कार्यालय दमौलीका प्रतिनिधी तथा जनप्रतिनिधी सहित स्थानीयबासीको रोहबरमा काम रोक्ने निर्णय गरिएको थियो ।
पुल निर्माणका क्रममा स्थानीयले २०७६ साल मंसिर महिनामा मुआब्जा दाबी गर्दै सर्बोच्चमा दायर रिट बिचाराधीन अवस्थामा छ ।
तर सर्वोच्चको फैसला सम्म कुर्दा काममा ढिलाई हुने र त्यसबाट पिच गर्ने काममा समेत असर पुग्ने भनी पुनः असार १३ गते पालुङ्टार नगरपालिकाका नगरप्रमुख दिपकबाबु कंडेल, नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा) का गण्डकी प्रदेश सदस्य हरि काफ्ले सहित वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठ र स्थानीयबासी बीच छलफल गरी पुन काम सुचारु गर्ने निर्णय गरिएको हो ।
सर्वोच्च अदालतले मुआब्जा दिने भनी फैसला गरेमा नगरपालिका तथा वडाले उचित मुआब्जा दिलाउनको लागि पहल गर्ने सहमति भएसँगै काम पुन शुचारु भएको नगरप्रमुख कंडेलले बताउनुभयो । उक्त पुलको निर्माण सम्पन्न भएसंगै कुमालटारी, मजुवा, खत्रीटार, पौवाटार हुँदै ठाँटीपोखरी जाने बाटो छोटो र सजिलो हुनेछ ।
असार ९ को भेलाले काम रोक्ने निर्णय गरेको थाहा पाएपछि आफूले नगर प्रमुख संग समन्वय गरी काम अघि बढाउन पहल गरेको र त्यसमा सबैको साथ रहेकोले काम पुनः सुचारु गर्न सकिएको काफ्लेले बताउनुभयो ।
पुलको तनहुँतर्फको भाग पूर्ण रुपमा सम्पन्न भइसकेको तर गोरखातर्फको भागको कुमालटारी क्षेत्रमा रिटेनिङ वाल निर्माण तथा ग्राभेलिङको काम बाँकी रहेकोमा आजदेखि रिटेनिङ वाल निर्माणको कार्य शुरु गरिएको छ ।
बिमलनगर र च्याङ्ली जोडने उक्त पुलको निर्माण कार्य शुरु भएसंगै च्याङ्लीतर्फका कुमालटारी मा रहेका घरहरुका घरधनीहरुले आफ्नो घर जोखिममा पर्ने भएकाले मुआब्जा माग गरी मा सर्वोच्चमा रिट दायर गरेका थिए ।
स्थानीयहरुले पहिले पुलको काम शुरु गर्नुअघि ५÷५ मिटर सडक निर्माण गर्र्ने भनी सम्झौता गरेका थिए ।
उक्त पुलको निर्माण गर्ने जिम्मा सपना निर्माण सेवा ले पाएको छ । निर्माण कम्पनीका इन्जिनियर बिसर्जन बर्तौला का अनुसार उक्त पुलको निर्माण लागत रकम भ्याट बाहेक करीब ११ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.