उज्ज्वल कृषि सहकारी संस्थाको एघारौं साधारण सभा सम्पन्न

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको श्री उज्ज्वल कृषि सहकारी संस्था लिमिटेडको एघारौं बार्षिक साधारण सभा पाैष ११ गते बिरुवाटारमा सम्पन्न भएको छ।                                                                          संस्थाका अध्यक्ष मानबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको सो वार्षिक साधारण सभामा जिल्ला सहकारी सङ्घ गोर्खाका सचिव सरोज देवकोटाले प्रमुख अतिथिको रुपमा आफ्ना भनाइहरु राख्नुभएको थियो। त्यस्तैगरी विशेष अतिथिको रुपमा पालुङ्गटार नगरपालिकाका निवर्तमान नगर प्रमुख इन्जिनियर दिपक कडेलले आफ्ना भनाइहरु राख्नुभएको थियो। संस्थाकी सदस्य सावित्रा बिकले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुनबहादुर कुमाल, नगरपालिका कार्यपालिका सदस्य पम्फा विक, मजुवा बचत तथा ऋण सहकारी संस्थाका इन्द्र कोइराला, च्याङ्ली बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि अम्बिका श्रेष्ठ लगायतकाले शुभकामना मन्तब्य राखेका थिए। सो कार्यक्रममा सचिव प्रेम बहादुर कुमारले सचिवको प्रतिवेदन, कोषाध्यक्ष रामकृष्ण भण्डारीले आर्थिक प्रतिवेदन र अध्यक्ष मानबहादुर थापाले संस्थाको प्रगति प्रतिवेदन पेश गरेका थिए भने संस्थाका जेष्ठ सदस्य कमलराज श्रेष्ठ, शेयरधनी महेन्द्र श्रेष्ठका छाेरा चन्द्र कुमार श्रेष्ठलाई कक्षा १२ काे परिक्षामा उत्कृष्ट अंक ल्याएकाेमा सम्मान गरिएको थियो।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.